arrow

कोरोना रिपोर्ट विना भारत प्रवेशमा रोक

logo
प्रकाश चन्द्र भट्ट
प्रकाशित २०७८ वैशाख ११ शनिबार
darchula-sima.jpg

दार्चुला । भारतको उत्तराखण्ड प्रदेशमा बिना कोरोना रिपोर्ट प्रवेशमा रोक लगाइएको छ । ७२ घण्टा अघिसम्मको कोरोना नेगेटिभ रिपोर्ट देखाएपछि मात्रै भारत प्रवेश गर्न पाइने भएको छ ।

उत्तराखण्ड सरकारले जारी गरेको स्वास्थ्य निर्देशिका अनुसार अन्य राज्यबाट उत्तराखण्ड प्रदेशमा प्रवेश गर्न ७२ घण्टा अघिसम्मको कोरोना रिपोर्ट नेगेटिभ भएको हुनुपर्ने आदेशमा जनाइएको छ ।

सोही निर्देशिका अनुसार धारचुला तहशिलले नेपाल-भारत जोड्ने झोलुंगे पुलमा आवतजावत गर्ने व्यक्तीको ७२ घण्टाको कोरोना नभएको प्रमाणित हुने रिपोर्ट अनिवार्य गरेको हो ।

तहशिल धारचुलाले पुल छेउमा आफ्नो कोरोना नभएको रिपोर्ट देखाउन निर्देशन गर्दै सूचना टाँस गरेको छ । आइतवारबाट पुलमा आवतजावत गर्ने व्यक्तीले आफुमा कोरोना नभएको रिपोर्ट देखाएर मात्रै आवतजावत गर्न पाउने नियम लागु गरिएको छ ।

यसअघि भारतको धारचुला बजार क्षेत्रमा ६ जनामा कोरोनाको नयाँ भेरियन्ट देखिएपछि दिउँसो २ बजे देखि साँझ ५ बजेसम्म बजार बन्द हुँदै आएको थियो । यसैबीच आइतबार बिहानै देखि धारचुला बजारका सबै पसलहरु बन्द गरिने भएका छन् ।

बाहिरी राज्यबाट उत्तराखण्ड राज्यमा मानिसहरुको बढी आवतजावत हुन थालेपछि त्यहाँको सरकारले कोरोना रिपोर्ट अनिवार्य गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ