arrow

मोदी पश्चिम बङ्गाल नजाने

logo
पीटीआई,
प्रकाशित २०७८ वैशाख ९ बिहिबार
modi_7593.jpg.jpeg

नयाँ दिल्ली । कोभिड-१९ को महामारीबीच शुक्रबार आयोजना हुने भनिएको भारतीय जनता पार्टीको चुनावी र्‍यालीको कार्यक्रमलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रद्द गरेका छन् ।

प्रधानमन्त्री मोदीले बिहीबार साँझ ट्वीट गर्दै आफूले पश्चिम बङ्गाल जाने कार्यक्रम रद्द गरेको जानकारी गराएका हुन् । यस्तै मोदीले शुक्रबार कोभिड-१९ बारे छलफल गर्न उच्चस्तरीय बैठक गर्ने पनि ट्वीटमार्फत जानकारी दिएका छन् ।

उनी चुनावी प्रचारका लागि पश्चिम बङ्गाल जाने कार्यक्रम रहेको थियो ।

यसअघि निर्वाचन प्रचारका लागि पश्चिम बङ्गाल जाने कार्यक्रम विपक्षी नेता राहुल गान्धीले पनि रद्द गरेका थिए । कार्यक्रम रद्द गरेपछि निर्वाचन प्रचारप्रसारका लागि अन्य दलहरूलाई पनि सोच्न गान्धीले आग्रह गरेका थिए । त्यसको लगत्तै सामान्य विरामी परेका राहुलको कोभिड-१९ परीक्षण गर्दा उहाँलाई संक्रमण पुष्टि भएको थियो ।

भारतमा पछिल्लो समय कोरोना भाइरसको  संक्रमण दिन प्रतिदिन उकालो लागिरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा मात्रै तीन लाखभन्दा बढी व्यक्ति संक्रमित थपिएका छन् भने दुई हजार १००भन्दा बढी संक्रमितको मृत्यु भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ