arrow

प्रदेश प्रमुख डा.अहिराज माटो र जल लिएर माडी पुगे

logo
निरंजन कुमार साह
प्रकाशित २०७८ वैशाख ८ बुधबार
rajesh ahiraj.jpg

जनकपुरधाम । प्रदेश नम्बर दुईका प्रदेश प्रमुख डाक्टर राजेश झा अहिराज जानकी मन्दिर भित्रको माटो, गङ्गासागरको जल, चतराधामको माटो र कोशी नदीको जल लिएर चितवनको माडी पुगेका छन् ।

जनकपुरधामबाट ४० वटा गाडीमा श्रद्धालुहरुसहित प्रदेश प्रमुख अहिराज माडीतर्फ प्रस्थान गरेका हुन् । रामनवमीको अवसर पारेर बुधबार माडीमा राम सीताको मूर्ति प्रतिस्थापन गर्ने तयारी रहेको प्रदेश प्रमुख अहिराजले बताए ।

सोही दिनलाई मध्यनजर गर्दै प्रमुख अहिराजले ठूलो टोलीसहित माडी प्रस्थान गरेका हन् । धार्मिक, सांस्कृतिक सम्पदाको रक्षा र पर्यटन प्रवद्र्धनका लागि आफ्नो भ्रमणले महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रदेश प्रमुखले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत असारमा राम रामको जन्म अयोध्यापुरीमा भएको दाबी गर्दै सो स्थानमा राम, सीता, लक्ष्मण र हनुमानका मूर्ति राख्ने घोषणा गरेका थिए ।

सोही घोषणा बमोजिम प्रधानमन्त्री ओलीले वालुवाटारबाट मंगलबार पूजाआजा गरी रामसीताको मूर्ति उच्च सुरक्षाका साथ माडी पठाएका थिए ।

त्यसै अनुरुप प्रदेश २ का प्रदेश प्रमुख डा.राजेश अहिराज ४० वटा गाडी सहित चितवनको माडी प्रस्थान गरेका हुन् । उनी जनकपुर जानकी मन्दिर भित्रको माटो, गङासागरको जल, बराहक्षेत्रको चातराधामको माटो र कोशी नदीको जल, लिएर चितवन माडी प्रस्थान गरेका हुन् ।

उनले आन्तरिक पर्यटन बढाउन र नेपालीको धर्म, संस्कृतिको प्रवर्द्धनका लागि माडी जान लागेको जानकारी गराए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ