arrow

विशेष अदालत काठमाडौँमा प्रभु बैङ्कको एक्सटेन्सन काउन्टर सञ्चालन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ३ शुक्रबार
prabhu-exchange-counter-special-court.jpg

काठमाडौँ। प्रभु बैङ्क लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा काठमाडौँ महानगरपालिका स्थित विशेष अदालतमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ। अदालतमा स्थापित एक्सटेन्सन काउन्टरको २०७८ वैशाख ३ गते देखि कारोबार सुरु भएको बैङ्कले जनाएको छ। विशेष अदालत परिसरमा न्यायाधीश प्रेमराज किर्किले एक्सटेन्सन काउन्टरको उद्घाटन गरेका थिए।

नेपाल राष्ट्र बैङ्क तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरूको बैङ्किङ कारोबार प्रभावकारी रूपमा सञ्चालन गरिरहेको प्रभु बैङ्कले विशेष अदालत काठमाडौँमा पनि आफ्नो सेवा विस्तार गरेको छ।

प्रभु बैङ्कको एक्सटेन्सन काउन्टरबाट सम्बन्धित अदालतमा आउने सेवाग्राहीहरूलाई रकम जम्मा गर्न र अदालतको काम गर्न सहज हुने भएको छ।

प्रभु बैङ्कको एक्सटेन्सन काउन्टरबाट प्रवाह गरिने बैङ्किङ सेवाबाट स्थानीयवासी तथा सेवाग्राहीहरूले बैङ्कको गुणस्तरीय बैङ्किङ सेवा उपभोग गरी लाभान्वित हुने बैङ्कले विश्वास लिएको छ।

प्रभु बैङ्कले २१३ वटा शाखा कार्यालय, १८९ वटा एटिएम, ५९ वटा एक्सटेन्सन काउन्टर तथा २ वटा शाखा रहित बैङ्किङ सेवा मार्फत अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैङ्किङ सेवा प्रवाह गरिरहेको बैङ्कको विज्ञप्तिमा उल्लेख गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ