arrow

रामचन्द्र पौडेलका भाइको निधनमा देउवा दुःखी, केन्द्रीय कार्यसमितिको बैठक ५ गते

logo
हाम्रा कुरा
प्रकाशित २०७७ चैत ३० सोमबार
nepali-congress-flag.jpg

काठमाडौँ ।  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका माइला भाइ गोविन्दराज पौडेलको निधन भएको छ। सोमवार ७५ वर्षको उमेरका पौडेलको चितवन रत्ननगरमा निधन भएको हो। स्वर्गीय पौडेलले नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेका थिए । उनी दमका रोगी रहेका थिए।

उनको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् । शोक वक्तव्य जारी गर्दै उनले भनेका छन् - “मेरा मित्र रामचन्द्र पौडेलजीका भाइ चितवन रत्न नगर निवासी गोविन्दराज पौडेलको निधनको खबरले दुःखित भएको छु । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामना साथ शोकाकुल परिवारमा पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट गहिरो समवेदना व्यक्त गर्दछु ।”

साथै सोमबार बस्ने भनिएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक वैशाख ५ गते आइतबारलाई सारिएको छ ।  कांग्रेस केन्द्रीय कार्यसमितिको  बैठक आइतबार २ बजे बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए । सो बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरू तथा आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ