arrow

आगलागीबाट ठोरीमा ६ घर सखाप : एक किशोरी घाइते, प्रजा परिवारको विचल्ली

logo
रमेश पराजुली
प्रकाशित २०७७ चैत २९ आइतबार
aagalagi-thori.jpg

ठोरी(पर्सा) । पर्साको ठोरी गाउपालिका–२ इच्छानगरमा जंगलमा लागेको डडेलो खेत हुँदै गाउँमा पस्दा ६ घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । शनिबार एक्कासी आएको हावाहुरीपछि भएको आगलागीबाट ठोरी इच्छानगरका पहलमान प्रजा, कृष्णबहादुर नगरकोटी र रञ्जित नगरकोटीको घर तथा गोठ जलेर नष्ट भएको हो ।

आगलागीमा परी १५ वर्षीया शर्मिला नगरकोटी घाइते भएकी छिन् । उनको हात आगोले जलेको छ । उनी आफ्नी ७२ वर्षीया हजुरआमाको उद्धार गर्ने क्रममा घाइते भएकी हुन् । उनको हाल ठोरी २ गौतमनगरस्थित अस्पतालमा सामान्य उपचार भएको छ ।

घर नजिकै रहेको जंगलमा फैलिएको डँडेलोले नजिकका घरमा भेटेपछि स्थानीयलाई आगो नियन्त्रणमा लिन हम्मे हम्मे परेको थियो । तर, स्थानीयवासी, प्रहरी र नेपाली सेनाको संयुक्त प्रयासपछि आगो नियन्त्रणमा लिइएको थियो ।

आगलागीबाट घरभित्र भण्डारण गरी राखेको धान, मकै, गरगहना, लत्ताकपडा लगायतका सामग्री जलेर नष्ट हुँदा करिब १५ लाख मूल्य बराबरको क्षति भएको स्थानीय युवा उमेश गौतमले जानकारी दिए ।

आगलागीबाट पिडित बनेका परिवारलाई आइतबार विहानै ठोरी २ कै स्थानीय युवाले राहत सामग्री पुर्याएका छन् । स्थानीय यूवाहरु धिर सिंह, उमेश गौतम, नारायण सिलवाल र बिकल आचार्यले १५ हजार बराबरको राहत सामग्री आगलागी पिडित परिवार ममक्ष पुर्याएका हुन् ।

आगलागीबाट घरबार विहीन भएका उनीहरुको सहयोगका लागि विभिन्न संघ संस्थालेसमेत सक्रियता देखाएका छन् । आगलागीबाट पिडित बनेका उनीहरुको सहयोगका लागि सोमबार हेटौंडाबाट सिलिकल सोलुसन प्रालिको टोलीसमेत नगद तथा जिन्सि सामग्री बोकेर ठोरी जाने तयारी गरेको सो संस्थाका प्रमुख छतेन्द्र आचार्यले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ