arrow

कोमलले गरिन् आफ्नै तारिफ, ‘वाह ! कोमल तिमी कति राम्री छौ'

logo
हाम्रा कुरा
प्रकाशित २०७७ चैत २९ आइतबार
komal1.jpg

काठमाडौं । काठमाडौंको जमलस्थित मायालु भवनमा रहेको सिल्क फेसनले शनिवार आफ्नो सातौं बार्षिकोत्सव मनाएको छ । बार्षिकोत्सव समारोहमा राष्ट्रिय सभा सदस्य तथा चर्चित गायिका एवं संचारकर्मी कोमल ओली प्रमुख अतिथिका रुपमा उपस्थित थिइन ।

कार्यक्रममा शुभकामना दिँदै ओलीले स्थापना कालदेखि नै आफु श्रृजना पोखरेलले संचालन गर्दै आएको सिल्क फेसनसँग जोडिएको बताइन । ‘म शुरुदेखि नै यो फेसन हाउससँग जोडिएकी छु । यहाँका हरेक कस्ट्युम फिट पाएकी छु । म यहाँका कस्ट्युम लगाउन पाउँदा भाग्यमानी ठानेकी छुु, कोमलले भनिन् ।

ओलीले आफ्नो सुन्दरताको तारिफ आँफैले गरिन् । अन्य महिलाहरुलाई प्रेरणा प्रदान गर्ने उद्देश्य सहित उनको भनाई थियो, ‘मैंले आफुले आफुलाई निकै राम्री देख्छु । बिहानै ऐना हेरेर मुसुक्क हाँस्छु । वाह कोमल ओली तिमी कति राम्री छौ भन्छु’ उनले थपिन्, ‘आफैले आफैलाई प्रेम गरेन भने अरुलाई पनि प्रेम दिन सकिदैन । आँखाहरुलाई इर्ष्यालु नबनाउन आफैंलाई हेरेर दंग पर्नुपर्छ ।’

नेपाली डिजाईनका कस्ट्युमहरु विकसित देशमा महिला तथा पुरुषहरुले लगाउन थालेको भन्दै ओलीले महिला उद्यमीहरुको सहभागिता र प्रयासले उक्त कुरा सम्भव रहेको बताइन । 

‘अहिले महिलाहरुको सहभागितामा विदेशमा नेपालमा गरिएका डिजाईनका कस्ट्युमहरु निर्यात भईरहेको छ । यो उर्जाशिल कुरा हो र राष्ट्र निर्माणमा ठुलो योगदान हो । म हरेक महिला उद्यमीको साथमा छु । केहि पर्‍यो भने सिधै भन्नुहोला, म तपाईँकै प्रतिनिधी हुँ’ कोमलले भनिन।

कार्यक्रममा सिल्क फेसनकी संचालक श्रृजना पोखरेलले विगत सात बर्षदेखी आफ्नो डिजाईनका कस्ट्युमहरु ग्राहकले मन पराएको बताईन् । नेपालका चर्चित सेलिब्रेटीहरुको लागि समेत डिजाईन गर्ने पोखरेलले सिल्क फेसनले अब भने पुरुषको कस्ट्युममा समेत काम गर्ने योजना भएको बताइन ।

गायिका सुनिता दुलालले आफु सिल्क फेसनको पहिलो ब्राण्ड एम्बेसडर भएको सम्झना गरिन् । सिल्क फेसनद्वारा सम्मानित समेत भएकी उनले भनिन्, ‘यहाँमा हरेक डिजाईन र गुणस्तर तारिफयोग्य छन् । आज यहिँ सम्मानित हुन पाउँदा खुशी लागेको छ ।’

कार्यक्रममा बिशिष्ट अतिथीको रुपमा बरिष्ठ कलाकार हरिवंश आचार्यकी पत्नी रमिला आचार्य थिइन् । गायिका सुनिता दुलाल, सौन्दर्यविद रश्मिला श्रेष्ठ, व्यावसायी सपना थापा, शिक्षाविद उर्मिला बस्नेत, समाजसेवी कल्पना क्षेत्री र फेसन व्यावसायि शैलजा अधिकारीलाई सातौं बार्षिकोत्सवको अवसरमा सम्मानित गरिएको थियो । कार्यक्रममा गायिका सहिमा श्रेष्ठ तथा मोडल खुश्बु खड्काको पनि उपस्थिती थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ