arrow

बहराइनले महामारीमा जेललाई सुरक्षित पार्न दर्जनौँ कैदीलाई रिहा गरिने

logo
एएफपी.
प्रकाशित २०७७ चैत २८ शनिबार
bahrain.jpg

दुबई। बहराइनले कोभिड–१९ को महामारीमा जेलमा रहेका कैँदीहरू असुरक्षित भएको भनी कैदीका आफन्तहरूले विरोध जनाएपछि जेलमा रहेका राजनीतिक बन्दीसहित दर्जनौँ व्यक्तिलाई रिहा गरिदिने भएको छ।

बहराइनको मानव अधिकारवादी संस्थाका अनुसार जेलमा भिडभाड हुँदा कैदीहरूमा कोभिड–१९ सङ्क्रमणको सम्भावना बढी भएको भन्दै उनीहरूलाई रिहा गरिने भएको हो।

बहराइनको मानव अधिकारवादी सङ्गठनका अनुसार सरकारी अधिकारीहरूले जेलमा रहेका राजनीतिक बन्दीसहित करिब २०० जनालाई रिहाइका लागि प्रक्रिया अघि बढाइएको छ। उक्त योजना अन्तर्गत राज्यको फावस्थित जेलबाट १६६ कैदी रिहा भइसकेका छन् भने अन्यलाई आवश्यक कानुनी प्रक्रिया पुर्‍याएर रिहा गरिनेछ।

रिहा हुनेमा बहराइनका चिरपरिचित अधिकारकर्मी नबिल राजबका अभिभावक ७५ वर्षीय मोहम्मद जावेद पनि रहेको जानकारी गराइएको छ। उनले १० वर्षदेखि जेल जीवन बिताउँदै आएका थिए।

जेलमा रहेका तीन व्यक्तिमा कोभिड सङ्क्रमण पुष्टि भएपछि आफन्तजन र परिवारका सदस्यले कैदीको स्वास्थ्य सुरक्षाप्रति चासो व्यक्त गर्दै जेल प्रशासनमार्फत सरकारलाई विरोध पत्र पठाउनुका साथै रिहाइको माग गर्दै आन्दोलन गर्दै आएका थिए।

लन्डनस्थित ‘बहराइन इन्स्टिच्युट फर राइट्स एण्ड डेमोक्रेसी’ले दर्जनौँ बन्दीहरूमा कोभिड–१९ सङ्क्रमण फैलिएको बताएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ