arrow

सिन्जियाङका विषयमा चिनियाँ प्रतिक्रियाप्रति बाइडेन र बोरिसको ध्यानाकर्षण

logo
एजेन्सी,
प्रकाशित २०७७ चैत २८ शनिबार
biden-johnson_1618058855.jpg

वासिङ्टन। सिन्‍जियाङमा मानवअधिकारको चरम उल्लङ्घन भएको भन्दै बेलायत, अमेरिका र युरोपियन युनियनले चीनमाथि प्रतिबन्ध लगाएपछि चीनले आक्रोश व्यक्त गरेको छ। चीनले पनि अमेरिकी र बेलायती सांसदमाथि प्रतिबन्ध लगाएको छ।

चीनले पनि अमेरिकी र बेलायतमाथि प्रतिबन्ध लगाएपछि बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच टेलिफोन संवाद भएको छ। व्हाइट हाउसले छलफल गरिएका मुद्दाहरूको विवरण सार्वजनिक नगरे पनि डाउनिङ स्ट्रीटले विस्तृत विज्ञप्ति जारी गरेको छ।

बेलायत सरकारका अनुसार दुवै नेताले कोरोना भाइरस विरुद्धको लडाइँमा र एक अर्कालाई उनीहरूको देशको खोपको अवस्थाका संवाद भएको बताइएको छ। चीनबाट सुरु भएको कोरोना महामारी विरुद्धको खोप विश्वव्यापी पुर्‍याउने विषयमा पनि छलफल भएको बताइएको छ।

यससँगै साझा अन्तर्राष्ट्रिय चुनौतीहरूको बारेमा संवाद भएको बेलायतले बताएको छ। चीनले गरेका पछिल्ला गतिविधिहरूलाई रोक्नका लागि एक ठाउँमा उभिने र इरानले आणविक सम्झौताको पालनामा फर्किने आवश्यकतामा सहमति जनाए उत्तरी आयरल्यान्डमा दुई नेताहरूले गुड फ्राइडे सम्झौताको रक्षा गर्न आफ्नो साझा प्रतिबद्धता दोहोर्‍याएका छन्।

"चीनमा प्रधानमन्त्री र राष्ट्रपतिले यस हप्ताको सुरूपा बेलायत, अमेरिका र अन्य अन्तर्राष्ट्रिय साझेदारहरूले सिन्जियाङमा मानवअधिकार उल्लङ्घनकर्ता माथि प्रतिबन्ध लगाउन गरेको महत्त्वपूर्ण कदमबारे पनि छलफल भएको छ,"डाउनिङ स्ट्रीटले जनाएको छ।

चीनले सिन्जियाङ क्षेत्रका पूर्व र वर्तमान अधिकारीहरू- झू हेलुन, वा जुङ्जेङ, वाङ मिङशान र चेन मिङ्गुओलाई कालोसूचीमा राखेको थियो। योसँगै अन्तर्राष्ट्रिय जगतमा आक्रोश उत्पन्न भएको छ।



नयाँ