arrow

जुलाई ४ मा बेलायतमा आम निर्वाचनको घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १० बिहिबार
uk-pm-rishi-sunak-spiritual-leader-morari-bapu-ramayan-katha-cambridge-university.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले देशमा आमनिर्वाचन हुने घोषणा गरेका छन् । बुधबार प्रधानमन्त्री सुनकले संसद भंग गर्ने सिफारिस राजाले स्वीकृत गरेको बताउँदै आगामी जुलाई ४ मा आमनिर्वाचनको घोषणा गरेका हुन् ।

अब अर्को साता संसद विघटन हुँदैछ र त्यसपछि निर्वाचन प्रक्रिया शुरु हुने बेलायती मिडियाले उल्लेख गरेका छन् । बेलायतको सत्तारुढ कन्जरभेटिभ पार्टीका सांसदहरुले प्रधानमन्त्री सुनकलाई हटाउन खोजेपछि उनले निर्वाचनको घोषणा गरेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

संसदको पहिलो बैठक बसेको पाँचौँ वर्ष पूरा भएपछि मात्र संसद विघटन हुनुपर्ने व्यवस्था छ । यदि तोकिएको प्रक्रिया अपनाएको भए बेलायतमा २८ जनवरी २०२५ अघि चुनाव भइसकेको हुन्थ्यो । तर सत्तारुढ दलमा रहेको विवादका बीचमा सुनक निर्वाचनमा गएको बताइएको छ ।  

बेलायतमा आम चुनाव प्रायः बिहीबार हुने गर्दछ । जुलाई ४, २०२४ पनि बिहीबार नै परेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ