arrow

मोदीले दिए हसिनालाई १२ लाख डोज कोरोना खोप र १०९ एम्बुलेन्स

logo
प्रकाशित २०७७ चैत १६ सोमबार
modi-hasina.JPG

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बंगलादेश भ्रमणका क्रममा बंगलादेशी प्रधानमन्त्री शेख हसिनालाई १२ लाख डोज कोरोना भाइरस विरुद्धको खोप उपहारमा दिएका छन् । उक्त क्रममा उनले १०९ एम्बुलेन्सको चाबी पनि हसिनालाई दिएका दिएका छन् । 

मोदीले भारत सरकारले ओरकान्डीमा छात्राहरुका लागि प्राथमिक विद्यालय पनि खोलिदिने बताएका छन् । त्यहाँ निम्न माध्यमिक तहको विद्यालयलाई सुधार गर्नेसमेत जनाइएको छ । 

ओरकान्डीमा मतुआ समाजका मानिसहरु रहने गर्छन् । मोदी दुई दिने बंगलादेश यात्रा सकेर शनिबारै दिल्ली फर्केका छन् । उनको बंगलादेश यात्राका क्रममा हिंसा भड्किँदा केहीको ज्यानसमेत गएको छ । 

हसिनाले पनि मोदीलाई सुन र चाँदीका एक एक सिक्का उपहारमा दिएकी छिन् । उनले बंगबन्धु शेख मुजिबुर रहमानको जन्म शताब्दी पूरा भएको अवसर तथा बंगलादेश स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा उपहार दिएकी हुन् । 

मोदीले सन् २०२२ मा भारत–बंगलादेश कुटनीतिक सम्बन्धको ५० वर्ष पुगेको अवसरमा समेत शेख हसिनालाई भारत आउन निम्तो दिएका छन् । 

दुवैले हरेक वर्ष ६ डिसेम्बरमा बंगलादेशको स्वतन्त्रता दिवसलाई ‘मैत्री दिवस’ का रुपमा मनाउने संकल्प गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ