arrow

ओलीको सेटिङ्गलाई मिल्काएर स्वच्छ निर्वाचनतर्फ लाग्नुपर्छः रामचन्द्र पौडेल

logo
किरण न्यौपाने
प्रकाशित २०७७ चैत १४ शनिबार
ramchandra7.jpg

रंगेली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालको भविष्य रक्षा गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प सबै मिलेर दिनुपर्ने बताएका छन् ।

मोरङ्गको पुरानो सदरमुकाम रंगेलीमा शनिवार अगुवा कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै नेता पौडेलले अब सबै मिलेर प्रधानमन्त्री ओलीलाई हटाएर, यो व्यवस्थालाई सुदृढ बनाउने र ओलीको सारा सेटिङ्गलाई मिल्काएर स्वच्छ निर्वाचनमातर्फ लाग्नुपर्ने बताए ।

नेता पौडेलले लामो संघर्षबाट ल्याएको संघिय लोकतान्त्रीक गणतन्त्र र सबैलाई अधिकार प्रतिनिधित्व हुनेगरी बनाएको संविधान र व्यवस्थालाई प्रधानमन्त्री ओलीले अझै पनि मास्न खोजिरहेको बताए ।

‘अदालतले पुर्नस्थापना गरेको संसदलाई प्रधानमन्त्री ओलीले फेलियर बनाउने रणनीतिमा लागेका छन्, तर यो संसदलाई नेपाली कांग्रेसले फेल हुन दिदैन, यो व्यवस्था मासियो भने नेपालको भविष्य र जनताको अधिकार रक्षाका लागि भए पनि नेपाली कांग्रेसले विकल्प दिनुपर्छ’ उनको भनाइ छ ।

प्रधानमन्त्रीका कारण देशमा अस्थिरता बढ्दै गएकाले अब देशको परिस्थीती र व्यवस्थालाई जोगाउन नेपाली काग्रेस तयार रहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ