arrow

एक्साइड ब्याट मोबाइल सर्भिसको लाभ उठाउँदै ग्राहकहरू

२००६ देखि सुरु भएको ब्याट मोबाइल सर्भिसको हालसम्म ३१६८५ भन्दा बढी लाभान्वित

logo
प्रकाशित २०७७ चैत १२ बिहिबार
sipradi-exide-batmobile-service.jpg

काठमाडौँ। सिप्रदी ट्रेडिङ्ग प्रालिले बिक्री वितरण गर्दै आएको एक्साइड ब्याट्री हालै नेपालको सर्वाधिक लोकप्रिय ब्याट्री बन्न सफल भएको छ। नेपालमा सन् २००० देखि सिप्रदीले बिक्री गर्दै आएको एक्साइड ब्याट्रीको लोकप्रियतालाई निरन्तरता र ग्राहकहरूलाई सहजता दिने उद्देश्यका साथ दिन प्रतिदिन आफ्नो सेवा तथा सञ्जाल फैलाउँदै गएको कम्पनीले जनाएको छ।

बिक्री पश्चताको सेवा ग्राहकहरूले पाउनु पर्छ भन्ने एक्साइड ब्याट्रीको विश्वास रहेको छ। र सोही कारणले २००६ देखि एक्साइड ब्याट्रीले ब्याट मोबाइल सर्भिस सञ्चालनमा ल्याएको थियो।

एक्साइड ब्याट मोबाइल सर्भिसको अन्तर्गत कसैको चार पाङ्ग्रे गाडी र दुई पाङ्ग्रेको ब्याट्रीमा समस्या आएर ग्राहकले कम्पनीमा जानकारी गराएको खण्डमा कम्पनीको प्रतिनिधि ग्राहकको स्थानमा गएर निःशुल्क ब्याट्री जाँच गरिन्छ। कम्पनीले जनाएको अनुसार गाडी स्टार्ट नहुने तर तुरुन्त स्टार्ट गन्नुपर्ने, चलाउँदा चलाउँदै गाडी रोकिने, आवश्यक ठाउँमा गाडीको बत्ती नबल्ने जस्ता समस्या भएमा कम्पनीमा जानकारी आए पश्चात् निःशुल्क ब्याट्री जाँच गरिने कम्पनीले जनाएको छ।

कम्पनीबाट गएका प्रतिनिधिले अत्याधुनिक प्रविधियुक्त मेसिनबाट ब्याट्री जाँच गरी ब्याट्री बिग्रिएको, चार्ज गर्नुपर्ने अवस्था रहेको वा के गर्नुपर्ने हो तुरुन्त स्थिति प्रिन्ट आउट गरी ग्राहकलाई दिन्छन्।

काठमाडौँको रिङ्गरोडमा ब्याट्री स्टार्ट नभएर गाडीलाई अफरोड हुनु नपरोस् भन्ने लक्ष्यको साथ सुरु गरेको ब्याट मोबाइल सर्भिस गाडीमा ब्याट्रीको कारण आएको समस्या समाधान गर्ने कुरामा केन्द्रित थियो। तर बिस्तारै यो सर्भिस सिप्रदीका  ग्राहकहरूलाई सजिलो भइरहेको प्रतिक्रिया आउन थालेपछि यो सर्भिस रिङ्गरोडबाट हाल पुरा काठमाडौँमा उपलब्ध छ र छिट्टै देशका अरू ठाउँमा पनि सुचारु कम्पनीको विज्ञप्तिमा उल्लेख गरिएको छ।

सुरुवाती चरणमा मोबाइल भ्यानमार्फत सुरु भएको यो सेवा अहिले ग्राहकहरूलाई छिटो छरितो होस् भनेर स्कुटरमार्फत पनि सेवा सञ्चालन भइरहेको छ। हाल सम्म ३१ हजार ६ सय ८५ भन्दा बढी एक्साइड ब्याट्री र नन एक्साइड ब्याट्री ब्याट्रीका ग्राहकहरूले यसको फाइदा उठाई सकेको कम्पनीको दाबी छ।

आइतबारदेखि शुक्रवार सम्म बिहान ६ बजेदेखि बेलुकी ९ बजेसम्म र शनिवार लगायत सार्वजनिक बिदाहरूको दिनमा बिहान ९:३० बजे देखि साँझ  ५:३० सम्म सञ्चालन हुने एक्साइड ब्याट मोबाइल सर्भिस, कसैको गाडी स्टार्ट भएन भने सिप्रदी ट्रेडिङ्गको टोल फ्री नम्बर १६६००१५५७७७ र हट लाइन नम्बर ४२४४४७५ मा फोन गरेर यो सेवाको लाभ उठाउन कम्पनीले सुझाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ