arrow

इमरान खानलाई मोदीले पठाए पत्र, 'भारत पाकिस्तानको जनतासँग सौहार्दपूर्ण सम्बन्ध राख्न चाहन्छ'

logo
प्रकाशित २०७७ चैत ११ बुधबार
modi-imrans.jpg

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानको स्वतन्त्रता दिवसमा पत्र पठाउँदै भारतले पाकिस्तानसँग सौहार्दपूर्ण सम्बन्ध राख्न चाहेको बताएका छन् ।

राष्ट्रिय स्वतन्त्रता दिवसको अवसरमा बधाई दिँदै भारतीय प्रधानमन्त्री मोदीले पाकिस्तानी समकक्षी इमरान खानलाई पत्र पठाएका हुन् ।

'छिमेकी देशका रूपमा भारतले पाकिस्तानका जनतासँग मैत्री सम्बन्ध राख्न चाहन्छ,' उनले लेखेका छन्, 'तर यसका लागि आतङ्क र दुश्मनीविना भरोसाको वातावरण अपरिहार्य छ।'

पाकिस्तानी वित्त मन्त्री असद उमरले ट्विटरमा एक पोष्ट लेख्दै भारतीय प्रधानमन्त्री मोदीको पत्रलाई स्वागत गर्दै “सद्भावनाको सन्देश” भनेका छन्।

भारत र पाकिस्तानबीचको सम्बन्ध पछिल्लो समय सकारात्मक हुँदै गएको छ । यसअघि पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पनि भारतसँग असल सम्बन्ध चाहेको बताएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ