arrow

नृत्याङ्गना उइगर महिलालाई चिनियाँ कूटनीतिज्ञले हिजाब उठाउन भनेपछि मुस्लिम जगतमा आलोचना

logo
एजेन्सी,
प्रकाशित २०७७ चैत ९ सोमबार
china-diplomat-pakistan.jpg

नयाँ दिल्ली। पाकिस्तानस्थित चिनियाँ दूतावासका चिनियाँ सांस्कृतिक काउन्सिलर झाङ हेचिङ आफ्नो ट्विटका कारण आलोचित भइरहेका छन्। बेलि डान्स गरिरहेकी चिनियाँ उइगर महिलाले नृत्य गरिरहेको भिडियो शेयर गर्दै उनले भनेका छन्, "तिम्रो हिजाब उठाऊ, म तिम्रो आँखा हेर्न चाहन्छु।"

ती अधिकारीले केही समयमै आफ्नो ट्विट डिलिट गरेका थिए। ट्विटर प्रयोगकर्ताहरूले उक्त भिडियोमा नृत्य गरिरहेकी मुस्लिम उइगर महिला भएको र उनले परम्परागत पोसाक नलगाएको रूपमा चित्रण गरेका छन्।

चीनले उत्तर-पश्चिमी सिन्जियाङमा रहेको उइगर मुस्लिम जनसङ्ख्याको व्यवहारलाई लिएर नरसंहारको दाबीसहित विश्वभरबाट ठुलो आलोचनाको सामना गर्नु परेको छ। यही समयमा चिनियाँ कूटनीतिज्ञले उइगर महिलालाई गरेको चित्रण थप आलोचित बनेको छ।

पाकिस्तानका धेरै ट्विटर प्रयोगकर्ताहरूले उक्त पोस्टमा आपत्ति जनाएका छन्। उनीहरूले धार्मिक भावनालाई चोट पुर्‍याएको दाबी गरेका छन् भने चिनियाँ अधिकारीले माफी माग्नुपर्ने बताएका छन्।

"मुसलमान र पाकिस्तानी भएकोले मैले यी शब्दहरू अत्यन्त आपत्तिजनक पाएको छु, हिजाब हाम्रोलागि पवित्र चीज हो," प्रयोगकर्ता मुहम्मद अनसले भने। "यो गजबको कथन हो तर यदि चिनियाँले यी इस्लामोफोबिक बयानहरू मन पराउँछन् भने पाक-चीन सम्बन्ध राम्रो सर्तमा टुङ्गिने छैन," अर्को प्रयोगकर्ताले भनेका छन्।

धेरै प्रयोगकर्ताहरूले यो घटनाले इस्लामाबाद र बेइजिङबीच सम्बन्ध तनावमा जान सक्ने बताएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ