arrow

भारतमा विज्ञान र प्रविधि क्षेत्रमा मोदीले दिलाए सफलता

logo
एजेन्सी,
प्रकाशित २०७७ चैत ६ शुक्रबार
modi-7591.jpeg

जम्मू–काश्मीर। विज्ञान र प्रविधि क्षेत्र उन्नतिका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग क्रान्तिकारी निर्णय लिन सक्ने क्षमता भएको भारतको उत्तर पूर्वी क्षेत्र विकासका लागि सङ्घीय मन्त्री जितेन्द्र सिंहले बताएका छन्। भारतमा विज्ञान र प्रविधि क्षेत्रमा प्रधानमन्त्री मोदीले ठुलो परिवर्तन र प्रगति गरेको सङ्घीय मन्त्री सिंहले बताए। प्राविधिक र वैज्ञानिक क्षेत्रमा प्रधानमन्त्री मोदीले क्रान्तिकारी निर्णय लिन सक्ने पनि उनले बताए।

राष्ट्रिय विज्ञान दिवसको अवसरमा जम्मू विश्वविद्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सिंहले स्मार्ट सहर परियोजना, कृषि प्रविधि, रेलवे प्रविधि, सङ्कट व्यवस्थापन जस्ता विभिन्न क्षेत्रमा अन्तरिक्ष प्रविधि जोडिएको र भारतको हरेक घरमा अन्तरिक्ष प्रविधिले प्रभाव पारेको बताए।

प्रधानमन्त्री मोदीको सरकारले अन्तरिक्ष प्रविधिमा उल्लेख्य विकास गरिरहेको र भारतले गगन यान मिसन अन्तर्गत अन्तरिक्षमा मानव जाति पठाउने तयारी गरिरहेको उनले बताए।

प्रधानमन्त्री मोदीको सरकारले विगत ७ वर्षयता प्रविधि र विज्ञान क्षेत्रलाई महत्त्व दिएर काम गरिरहेको उनको भनाई छ। वैज्ञानिक अध्ययनका लागि सरकारको नयाँ राष्ट्रिय शिक्षा नीतिको पनि उनले प्रशंसा गरे।

त्यस्तै, भारतले चिकित्सा क्षेत्रमा विकसित मुलुकहरू लाई समेत कोभिड–१९ विरुद्धको खोप निर्यात गरिरहेको र यसले भारतको वैज्ञानिक र प्राविधिक सफलता संसारभर दर्साएको मन्त्री सिंहले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ