arrow

सरकारी अधिकारीहरूको हत्या प्रयास गरेको भन्दै पाकिस्तानी सांसद विरुद्ध मुद्दा

logo
एजेन्सी,
प्रकाशित २०७७ फागुन २९ शनिबार
Pakistan-Flag.jpg.jpeg

सिन्ध। पाकिस्तान तेहरिक-इ-इन्साफ (पीटीआई) का सांसद हलीम आदिल शेखलाई उनको मालिर फार्म हाउसमा गरिएको अतिक्रमण विरोधी अभियानका अधिकारीहरूको हत्या प्रयास, सरकारी काममा हस्तक्षेप र अवरोधको गरेको आरोपमा मुद्दा दर्ता गरिएको छ।

जियो न्युजको एक रिपोर्टका अनुसार प्रहरीले पाकिस्तानको सिन्ध विधान सभाका विपक्षी दलका नेता हलीम आदिल सेखविरुद्ध उजुरी दर्ता गरेको जनाइएको छ। शान्तिमा खलल पार्ने, सरकारी सम्पत्तिमा हुने आर्थिक क्षति, सरकारमाथि हमला सम्बन्धी धारा आकर्षित भएको भन्दै उनी विरुद्ध मुद्दा दर्ता गरिएको बताइएको छ। कर्मचारीहरूको हत्या प्रयास, धम्की र सरकारको काममा हस्तक्षेप गरेको उनीमाथि आरोप छ।

अतिक्रमण विरोधी अधिकारीहरू हलीमको फार्म हाउसमा पुगेका समयमा उनीहरू माथि हत्या गर्ने प्रयास गरेको आरोप छ। अधिकारीहरूको रिपोर्टपछि प्रहरीले उनी विरुद्ध मुद्दा दर्ता गरेको हो। हलिमका कार्यकर्ताहरूले पाकिस्तानी अधिकारीमाथि ढुङ्गा प्रहार गरेको थियो।

कराचीको कोरंगी नजिकका निवासी मुहम्मद अयूबको तर्फबाट मेमन गोथ पुलिस स्टेसनमा दायर भएको मुद्दामा पीटीआईका सभासद् लगायत कम्तीमा ७० जनाको नाममा उजुरी दिइएको जियो न्युजले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ