arrow

एमालेमा नेपाल पक्षलाई ओलीको डण्डा : पदाधिकारी र प्रदेश इन्चार्ज खोसियो

logo
प्रकाशित २०७७ फागुन २८ शुक्रबार
oli-madhav.jpg.jpeg

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई ‘बाइपास’ गर्दै केन्द्रीय समिति बैठकबाट उनी पक्षीय नेताहरूको जिम्मेवारी खोसेका छन् ।

नेपाल पक्षलाई जानकारी नै नदिई बसेको बैठकमार्फत ओलीले पार्टीको महासचिव पद कायम राखेर सबै पदाधिकारी भङ्ग गर्दै महाधिवेशनको मिति तोकेको हो ।

बैठकले विदेश विभाग प्रमुखबाट नेपालको जिम्मेवारी खोसिएको छ । सो जिम्मेवारी राजन भट्टराईलाई दिएको छ ।

बैठकले नेकपा माओवादी केन्द्रबाट एमालेमा ओली पक्षमा खुलेका रामबहादुर थापा ‘बादल’लाई बागमती प्रदेशको इन्चार्ज बनाइएको छ । उनीसँगै पूर्व माओवादीका २३ जना नेता एमालेको केन्द्रीय कमिटीमा मनोनीत भएका छन् ।

यसै गरी एमाले अध्यक्ष ओलीले सातै प्रदेशका इन्चार्ज र सह इन्चार्जमा पनि जिम्मेवारी हेरफेर गरेका छन् । जसअनुसार प्रदेश इन्चार्जहरूमा प्रदेश १ मा सुवास नेम्वाङ, प्रदेश २ मा सत्यनारायण मण्डल, गण्डकीमा पृथ्वी सुब्बा गुरुङ, लुम्बिनीमा शङ्कर पोखरेल, कर्णालीमा मणि थापा र सुदूरपश्चिममा लेखराज भट्ट इन्चार्ज तोकिएका छन् । यसअघि प्रदेश १ मा भीम आचार्य इन्चार्ज थिए । यसै गरी बागमतीमा नेतृ अष्टलक्ष्मी शाक्य इन्चार्ज थिइन् । उनी नेपाल पक्षमा छिन् ।

यसै गरी कर्णालीमा युवराज ज्ञवाली इन्चार्ज थिए । उनी पनि नेपाल निकटकै हुन । यस्तै सुदूरपश्चिममा भीम रावल इन्चार्ज थिए । उनीसमेत नेपाल पक्षकै हुन् ।

नेकपा विभाजनपछि ओली पक्षले बनाएका सबै कमिटी र जनसङ्गठनका नेतृत्वसमेत हाललाई यावत रहने अध्यक्ष ओलीले बैठकमा जानकारी दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ