arrow

नेपाल-खनाल समूहको निष्कर्ष: दुई वर्ष सरकार टिकाउने, असहमति लिखित रूपमा राख्ने

ओली समूहले गुण्डागर्दी शैलीमा पार्टी कब्जा गर्न खोजे प्रतिकार गर्ने

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ फागुन २७ बिहिबार
OLI-Nepal-ncp.jpg

काठमाडौं। नेकपा एमालेका असन्तुष्ट समूहको नेतृत्व गरिरहेका नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल समूहको स्थायी कमिटी बैठकले दुई वर्ष सरकार टिकाउन लाग्ने तर, असहमति भने राख्ने निष्कर्ष निकालेको छ । 

बानेश्वरस्थित अर्याल होटेलमा बसिरहेको बैठकले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको गतिविधिप्रति आपत्ति जनाउँदै पार्टी भित्रका असहमति प्रष्ट रूपमा राख्ने तर सरकार भने टिकाउने निर्णय गरेको हो । 

सो समूहले प्रधानमन्त्रीको स्वेच्छाचारी गतिविधिका विरुद्धमा भने लिखित रूपमा नै असहमति जनाउने निर्णय गरेको हो । 

उनीहरूले बदलिँदो राजनीतिक अवस्थामा एक समूहले अर्को समूहलाई कुनै पनि गालीगलौजपूर्ण शब्द प्रयोग नगर्नेसमेत भनेका छन् । तर पेलेरै अघि बढे आफूहरूसमेत त्यही अनुसार अघि बढ्ने उनीहरूको समूहको निष्कर्ष छ । 

२३ फागुनमा सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रबीच भएको एकतालाई खारेज गरेपछि नेपाल समूहले पार्टीभित्रै रहेर आन्तरिक सङ्घर्ष गर्ने जनाउँदै आइरहेको छ । 

हिजो बसेको नेपाल समूहको बैठकले प्रधानमन्त्री ओली समूहले गुण्डागर्दी शैलीमा पार्टी कब्जा गर्न खोजेको भन्दै त्यसको प्रतिकार गरेर अगाडि बढ्ने निष्कर्ष निकालेको थियो ।

नेपाल समूहले अदालतको फैसलापछि पार्टी कमिटी २२ जेठ २०७५ को अवस्थामा पुगेको भन्दै त्यहीबाट एमालेलाई अघि बढाउनुपर्ने बताउँदै आइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ