arrow

चिनियाँ कम्पनीले बुद्धको भेषमा ट्रम्पको मूर्ति बिक्री गर्दै

logo
प्रकाशित २०७७ फागुन २७ बिहिबार
Donald-trump-buddha-statue.jpg

काठमाडौं । चीनको ठुलो इकमर्स कम्पनी मध्येको एक टाओबाओले  बुद्धको भेषमा पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मूर्ति बिक्री गरिरहेको छ ।सन् २००३ मा अलिबाबा ग्रुपले स्थापना गरेको यो ईकमर्स कम्पनीले आफ्नो वेबसाइटमा राखेर यो मूर्ति बिक्री गरिरहेको पाइएको हो ।

पूर्व अमेरिकी राष्ट्रपति ट्रम्पको अमेरिकालाई फेरि महान् बनाऊँ भन्ने नारा झैं आफ्नो कम्पनीलाई फेरि महान् बनाऊँ भन्ने नाराका साथ यस्तो मूर्ति बनाएको कम्पनीले बताएको ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।

पूर्व राष्ट्रपति ट्रम्पको कार्यकालमा चीन र अमेरिकाबीचको सम्बन्ध निकै नै तनावपूर्ण बनेको थियो । कम्पनीले आफ्नो वेबसाइटमा राखेको यो मूर्तिको मूल्य ९ सय ९९ युआन (१५३) अमेरिकी डलरदेखि आकार अनुसार तोकेको छ ।

अहिले यो मूर्ति ताओबाओको सबैभन्दा बढी हेरिएका सामानमध्ये रहेको छ । मानिसहरूले यो मूर्ति रमाइलोका लागि समेत किनिरहेको कम्पनीले जनाएको छ । टाओबाओले यसअघि पनि ट्रम्पको अनुहार प्रिन्ट भएको ट्वाइलेट पेपर रोल, ट्रम्पको कपालजस्तै देखिने ट्वाइलेट ब्रस र ट्रम्पको कार्टुन अङ्कित टिसर्ट उत्पादन गरेर बिक्री गरिसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ