arrow

टाटा मोटर्सको नयाँ फरएभर रेन्जका गाडीहरू नेपाली बजारमा

logo
प्रकाशित २०७७ फागुन २६ बुधबार
sripradi-tata-foerver.jpg

काठमाडौँ। टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले फरेवर रेन्ज अन्तर्गत पर्ने पाँच वटा नयाँ गाडीहरू सार्वजनिक गरेको छ। बुधवार राजधानीमा भव्य कार्यक्रम गरी सिप्रदीले ती गाडीहरू सार्वजनिक गरेको हो। यी गाडीहरू टियागो, टिगोर, नेक्सन, अल्ट्रोज र एच फाईभ–बी एस सिक्स प्रविधिले सम्पन्न रहेका छन्।

योसँगै टाटा कम्पनी उक्त इन्जिन प्रविधि भएको पाँच मोडलहरू एकै पटक सार्वजनिक गर्ने नेपालकै पहिलो कम्पनी भएको छ। यिनीहरूको बनावट अत्यन्तै सुन्दर रहेको दाबी गर्दै सिप्रदीले यो टाटाको इम्प्याक्ट २.० डिजाइन ल्याङ्ग्वेज अनुसार तयार पारिएको जानकारी दिएको छ।

बदलिँदो समयको मागअनुसार पुनः डिजाइन गरिएको टियागो, टिगोर, नेक्सन, अल्ट्रोज र एच फाईभ कार्य क्षमता, आरामदायी र सुरक्षाको दृष्टिकोणले पनि अरू भन्दा अग्रस्थानमा रहेको बताइएको छ।

उक्त सार्वजनिक कार्यक्रममा बोल्दै टाटा मोटर्स् इन्टरनेशनल बिजनेस हेड (प्यासेन्जर भेहिकल्स्) मायकं बाल्डीले भने, ‘टाटा मोटर्स्का विविध रेन्जका गाडीहरू नेपाली ग्राहकहरूले लामो समयदेखि अत्यन्त रुचाइरहनुभएको छ र यसै क्रममा टाटाका नयाँ जेनेरेसनका प्यासेन्जर गाडीहरू सार्वजनिक गर्न पाउँदा हामीलाई धेरै खुसी लागेको छ। डिजाइन, सुरक्षा र आराम टाटा गाडी निर्माणका मुख्य तीन आधारहरू हुन्।’

उनले अगाडि भने, ‘यसै सन्दर्भमा इम्प्याक्ट २.० डिजाइनमा निर्मित बीएस सिक्स रेन्जका गाडीहरूमा पनि डिजाइन, सुरक्षा र आरामको लागि उच्चस्तरीय विशेषताहरू छन्। यसैले यी गाडीहरूले हाम्रो ग्राहक महानुभावहरूको मन जित्न सफल हुने विश्वास हामीले लिएका छौँ।’

यसै गरी सिप्रदी ट्रेडिङ्ग प्रालिका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले भने, ‘बीएस सिक्स रेन्जका अत्याधुनिक विशेषतायुक्त गाडीहरू आफ्नो श्रेणीका अन्य गाडीहरू भन्दा संरचनागत र प्राविधिक दुवै दृष्टिकोणले अगाडि रहेका छन्। यिनीहरूले नेपाली उपभोक्ताहरूको बदलिँदो आवश्यकता र अपेक्षालाई पूरा गरी नेपाली बजारको ठुलो हिस्सा ओगट्न सफल हुने विश्वास लिएका छौँ।’

कस्ता छन् पाँच वटा नयाँ गाडीहरू ?

१. नयाँ टियागो

१२०० सिसी इन्जिन क्षमताको नयाँ टियागोको बनावट आकर्षक (स्पोर्टी) रहेको छ। उन्नत खालको सस्पेन्सन प्रणाली र एन्ड्रोइड अटो जस्ता पछिल्ला इन्फोटेन्मेन्ट सुविधाहरू भएको यो गाडी रातो, पहिलो, निलो लगायत ६ वटा रङ्गहरूमा उपलब्ध रहेको छ। टाटा टियागो फोर स्टार सेप्टी रेटिङ्ग पनि प्राप्त गर्न सफल भएको छ।

२. नयाँ टिगोर
१२०० सिसी इन्जिन क्षमताको नयाँ टिगोरमा डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र रिभर्सिङ्ग क्यामेराजस्ता अत्याधुनिक सुविधाहरू रहेका छन्। मनमोहक बनावटसहित उत्कृष्ट सुरक्षाको विशेषता भएको यो गाडी पाँच वटा रङ्गहरूमा उपलब्ध रहेको छ। टाटा टिगोरले पनि फोर स्टार सेप्टी रेटिङ्ग प्राप्त गरेको छ।

३. नयाँ नेक्सन
१२०० सिसी इन्जिन क्षमता भएको नयाँ नेक्सनमा इरा (आइआरए) जस्ता समुच्चा प्रविधि जडान गरिएको छ। यस प्रविधिले गर्दा यो गाडी नेपालको सडक सुहाउँदो भएको कम्पनीले जनाएको छ। टाटा नेक्सन ग्लोबल सेप्टी रेटिङ्गमा फाईभ स्टार प्राप्त गर्न सफल गाडी पनि हो। इलेक्ट्रिक सनरुफ, इलेक्ट्रिक स्ट्याबिलिटी र कनेक्टेड कार टेक्नोलोजी लगायतका नयाँ विशिष्ट विशेषताहरू भएको नेक्सन ६ वटा रङ्गहरूमा उपलब्ध रहेको छ।

४. नयाँ अलट्रोज
१२०० सिसी इन्जिन क्षमता भएको टाटाको नयाँ अल्ट्रोजको सम्पूर्ण बनावट अल्फा वास्तुकलामा आधारित छ। नेक्सनमा जस्तै आईआरए  प्रविधि भएको यो गाडी आफ्नो श्रेणीमा सबैभन्दा सुरक्षित भएको कुरा ग्लोबल एनक्याप मार्फत प्रमाणित भैसकेको छ। साथै हृयाचब्याक सेग्मेन्टमा ग्लोबल सेप्टी रेटिङ्गमा फाईभ स्टार प्राप्त गरेको छ। यो रिदम, स्टाईल, लुक्स र अर्वन गरी चार वटा प्रकृतिमा उपलब्ध रहेको छ।

५. नयाँ एच फाईभ
२००० सिसी इन्जिन क्षमता भएको एच फाईभको सम्पूर्ण बनावट विशिष्ट (ओमेगार्स) वास्तुकलामा आधारित छ। शक्ति, सुविधा र कार्यकुशलताको दृष्टिकोणले यो गाडी अतुलनीय भएको कम्पनीले जनाएको छ । एच फाईभ विभिन्न आकर्षक रङ्गहरूमा उपलब्ध रहेका कम्पनीको दाबी छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ