arrow

भारतले पाकिस्तानलाई एक करोड छ लाख कोरोनाको खोप निःशुल्क दिने

logo
प्रकाशित २०७७ फागुन २६ बुधबार
india-pakistan-corona-vacci.jpg

काठमाडौं । भारतले पाकिस्तानलाई एक करोड छ लाख कोरोना भाइरस विरुद्धको खोप निःशुल्क दिने भएको छ । पाकिस्तानलाई ग्लोबल अलायन्स फर भ्याक्सिन एन्ड इम्युनाइजेशन (गाभी) सम्झौतामार्फत भ्याक्सिन दिन थालेको हो । यसमार्फत पाकिस्तानमा १ करोड ६ लाख डोज खोप जानेछ । यो खोप निःशुल्क भारतले पाकिस्तानलाई दिन लागेको हो । 

पाकिस्तानसँग गत सेप्टेम्बर मा गाभी सम्झौता भएको थियो । यो सम्झौताअनुसार विश्वका कयौं देशले कोरोनाको खोप पाउने छन् । पाकिस्तानलाई यही मार्चभरमा खोप उपलब्ध गराइने भारतले जनाएको छ । 

पाकिसतानको स्वास्थ्य मन्त्रालयले पब्लिक एकाउन्टस कमिटीलाई देशमा खोप लगाउनका लागि गाभीबाट मिल्ने निःशुल्क भ्याक्सिनको प्रतिक्षा रहेको बताएको छ । 

जबकि पाकिस्तानले चीनबाट हरेक डोजका लागि १३ डलर खर्चिरहेको छ । पाकिस्तानले चार म्याक्सिनलाई स्वीकृति दिएको छ । पाकिस्तानमा अक्सफोर्ड–एक्स्ट्राजेनेकाको कोभिशिल्डसँगै चीनको सिनोफ्राम र क्यानसिनो बायो तथा रुसको स्पुतनिक–भी पिन सामेल हुनेछ । 

पाकिस्तानमा २ करोड ७० लाख मानिसलाई खोप लगाइसकिएको छ । यसमा फ्रन्टलाइनमा रहेर काम गर्ने र ज्येष्ठ नागरिक रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ