arrow

पाकिस्तानमा क्रिश्‍चियन नर्समाथि लगाइएको ईश्वरनिन्दा आरोपको भर्त्सना

logo
एजेन्सी,
प्रकाशित २०७७ फागुन २३ आइतबार
tabitha-nazir-gill.jpg

इस्लामवाद। पाकिस्तानको एक मानवअधिकार समूहले कराचीको शोभराज मातृत्व अस्पतालमा कार्यरत क्रिश्चियन नर्समाथि भएको आक्रमण र गलत आरोपहरूको निन्दा गरेको छ। मानवअधिकारवादी समूह ह्युमन राइट फोकस पाकिस्तानले तबीता नाजिर जिलमाथि भएको क्रूर हमला र ईश्वरनिन्दाको झूटा आरोपको भर्त्सना गरेको हो।

"जनवरी २८ मा तबिताका सहकर्मीहरूले भर्खरै जन्मेको बच्चाबाट पैसा लिन दबाब दिइएको थियो। वरिष्ठ नर्स समेत उनलाई पैसा लिनका लागि सुझाव पनि दिइए पनि उनले त्यस्ता सुझावहरूलाई नकारिन्।  त्यसपछि अन्य नर्सहरूले उनलाई जबरजस्ती कुटपिट गरे र उनलाई दोष स्वीकार गर्दै र क्षमा याचनाको बयान लेख्न बाध्य तुल्याए ",फोकसले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

अस्पतालका महिला कर्मचारीहरूले तबितामाथि ईश्वर निन्दाको झूटो आरोप लगाए र त्यहाँ उपस्थित कर्मचारी र अन्य पुरुष कर्मचारी पनि त्यहाँ पुगेर उनलाई डोरीले बाँधे। प्रहरीले सोधपुछपछि पनि त्यो व्यक्तिगत विवाद भएको बताएर पन्छिएको बताइएको छ।

विज्ञप्तिमा भनिएको छ, "भीडको दबाबका कारण प्रहरीले पाकिस्तान दण्ड संहिताको धारा २५-सी अन्तर्गत ति महिला नर्समाथि एफआईआर दर्ता गरेको छ। पैगम्बर मुहम्मदको विरुद्ध ईश्वर निन्दा गर्न मृत्युदण्ड सुनाइन्छ।"

ह्युमन राइट्स फोकस पाकिस्तानका अध्यक्ष नावेद वाल्टरले तबिताको मुद्दाले फेरि ईश्वर निन्दा मुद्दाहरूको प्रमाणित गरेको र व्यक्तिगत कलह र झगडाका कारण काम गर्ने ठाउँमा दुर्व्यवहार गर्दै अनावश्यक आरोप लगाइएको बताएका छन् । 

उनले भने, "दुर्भाग्यवश एक पटक जब एक व्यक्ति ईश्वर निन्दाको सिकार हुन्छन् यसले व्यक्ति र परिवारको सम्पूर्ण जीवनलाई असर गर्दछ र उनीहरू पहिले जस्तो बाँचिरहेका थिए जस्तो जीवन बिताउन असमर्थ हुन्छन् । तबितालाई पनि त्यस्तै भयो र अहिले उनी र उनको परिवारमा उच्च जोखिम र गम्भीर खतराहरू बढेको छ ।"

उनीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न मागसमेत संस्थाले गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ