arrow

जलवायु परिवर्तनको विरुद्धमा लड्न मोदीको आह्वान

logo
एएनआई,
प्रकाशित २०७७ फागुन २२ शनिबार
Climate-change.jpg.jpeg

नयाँ दिल्ली। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जलवायु परिवर्तनका विरुद्धमा लड्न सबैलाई आह्वान गरेका छन्। त्यसका लागि दुई ओटा उपाय भएको उनको भनाई छ। प्रधानमन्त्री मोदीले जलवायु परिवर्तनका विरुद्धमा लड्न नीतिगत व्यवस्था गरेर र मानवीय व्यवहार परिवर्तन गरेर लड्न सकिने बताए।

‘सेरा सप्ताह २०२१’ लाई प्रमुख वक्ताको रूपमा भिडियोमार्फत सम्बोधन गर्दै उनले जलवायु परिवर्तनका विरुद्धमा लड्नु सबैको साझा दायित्व भएकोमा पनि जोड दिए।

“भारतले प्राकृतिक वायुको उत्पादन बढाउने र हानिकारक वायुको मात्रा घटाउने कार्य गरिरहेको छ,” प्रधानमन्त्री मोदीले भने। अहिले ६ प्रतिशत रहेकोमा आगामी सन् २०३० सम्ममा १५ प्रतिशत पुर्‍याउने लक्ष्य लिइएको पनि उनले जानकारी दिए। उनले जलवायु परिवर्तनका विरुद्धमा लड्ने सबैभन्दा बलियो उपाय भनेकै व्यवहार परिवर्तन भएको बताए।

“कतिपय त्यस्ता व्यवहारले जलवायु परिवर्तनलाई सहयोग गरेका छन्, हाम्रा कतिपय त्यस्ता परम्परागत वा अहिले गरिरहेका व्यवहारमा परिवर्तन आवश्यक छ,” उनले भने।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ