arrow

रोजगारका लागि परामर्श मेला आयोजना हुँदै

जोन हप्किन्स विश्वविद्यालयका प्राध्यापकले भर्चुअल रूपमा परामर्श दिने

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ फागुन २० बिहिबार
Launch-pad-career.jpg

काठमाडौं । रोजगारको खोजीमा रहेका र रोजगारदातालाई एउटै छानामुनि भेटघाट गराउने उद्देश्यले तीन दिने पेसा र रोजगार मेला (लञ्चप्याड) आयोजना हुने भएको छ ।

पिपुलफस्टको आयोजनामा हुन लागेको मेलामा सहभागीहरूले विभिन्न कम्पनीहरूमा रोजगारी पाउन सक्नेछन् । विभिन्न क्षेत्रका  २० भन्दा बढी सङ्घसंस्था एवं कम्पनीहरूको सहभागिता रहने मेलामा महामारीका कारण रोजगारी गुमाएकाहरूलाई अवसर मिल्ने छ ।

मेलामा कक्षा १२ पास गरेका, कलेज पढ्दै गरेका विद्यार्थी, महामारीका कारण रोजगारी गुमाएका एवं सम्पूर्ण बैङ्किङ, होटेल, उत्पादन आदिलगायतका क्षेत्रतर्फ आकर्षित व्यक्तिहरूले सहभागी भएर रोजगार पाउन एवं जानकारी लिन सक्नेछन् ।

तीन दिनसम्म हुने मेला पहिलो दिन 'भर्चुअल' रूपमा हुने छ । पहिलो दिन जोन्स हप्किन्स विश्वविद्यालयका प्राध्यापक एवं उपाध्यक्ष केभिन फ्रिकले भर्चुअल रूपमा रोजगारीको क्षेत्र एवं रोजगारका सम्बन्धमा परामर्श दिने छन् ।

त्यस्तै दोस्रो दिन र्‍याडिसन होटेलमा यसैसम्बन्धी परामर्श एवं छलफल हुनेछ । नेपालमा धेरै नै रोजगारीको अवसर हुँदा हुँदै पनि विद्यार्थी एवं अन्य युवाहरूले विभिन्न सङ्घसंस्थामा आबद्ध हुने माध्यम नपाएको अवस्थामा लञ्चप्याडले त्यसलाई समाधान गर्ने पिपुलफस्टकी संस्थापक इच्छ्या मल्लले बताइन् ।

मल्लले यस पटकको यो मेलाबाट कम्तीमा १ हजार जनालाई रोजगारी एवं इन्टर्नलगायतका अवसर प्रदान गर्ने लक्ष्य रहेको बताएकी छन् ।

तेस्रो दिनको मेलामा विभिन्न क्षेत्रमा २० देखि २२ कम्पनी एवं सङ्घसंस्थाको सहभागितामा रोजगार प्रदान गरिने छ । मेलामा सहभागी हुनेहरूले उपयुक्त हुने कम्पनीमा रोजगारी प्राप्त गर्न सक्नेछन् भने, इन्टर्नको अवसर समेत पाउनेछन् ।

यसबाहेक मेलाको उद्देश्य रोजगार प्रदान गर्ने मात्रै नभइ भर्खरै कक्षा १२ पास गरेका विद्यार्थीहरुलाई कुन क्षेत्र छान्ने, नेपालमा रोजगारीका कस्ता संस्थामा कस्ता अवसर छन्, एवं आईटी पढेको मान्छेले अथवा एउटा विषय रोजेको विद्यार्थी सोबाहेक अन्य कुन क्षेत्रमा काम गर्नसक्छन् भन्नेलगायतका जानकारीमुलक परामर्श समेत दिने रहेको छ ।

मेलामा सहभागी हुनका लागि यहाँबाट आफ्नो नाम दर्ता गर्न सक्नेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ