मेगा बैङ्कका ग्राहकहरूलाई सिद्धार्थ ग्रुपमा विशेष छुट
प्रकाशित २०७७ फागुन १९ बुधबार
823
Shares
काठमाडौँ। मेगा बैङ्क नेपाल लिमिटेडका ग्राहकहरूलाई सिद्धार्थ ग्रुप अफ बिजनेस हस्पिटालिटी बाट सञ्चालित होटेल तथा रेस्टुरेन्टहरूमा विशेष छुटको व्यवस्था गरिएको छ।मेगा बैङ्क लिमिटेड र सिद्धार्थ ग्रुपबीच भएको सम्झौता अनुसार खाना तथा परिकारहरूमा १० प्रतिशत छुटको व्यवस्था गरिएको छ भने रुम चार्जमा कर्पोरेट छुटको व्यवस्था गरिएको छ।
सिद्धार्थ ग्रुपबाट देशका विभिन्न स्थानमा २१ वटा होटेल, रिशोर्ट तथा रेस्टुरेन्ट सञ्चालित छन्। जसमध्ये काठमाडौँ उपत्यकामा ८ वटा होटेल तथा रेस्टुरेन्टहरू छन्। अत्याधुनिक बैङ्किङ सुविधाका साथसाथै अन्य अतिरिक्त सेवामा पनि सहजता मिलोस् भन्ने उद्देश्यले मेगा बैङ्कले ग्राहकहरूलाई यो छुटको व्यवस्था गरेको हो।