arrow

मार्सेली वितण्डा भारी पर्‍याे रसियालाई, अघिल्लो युरोकप भन्दा बेहाल

logo
हाम्रा कुरा
प्रकाशित २०७३ असार ७ मंगलबार
lllllll.jpg.jpeg
काठमाडौं । वेल्ससंग ३–० को हार बेहोरेसंगै रसियाको युरोकप यात्रा टुंगिएको छ । जसले रसियाको यात्रा सन् २०१२ को युरो जस्तै निरस भएको छ । यसपटक समूह बी मा परेका रसियाले पहिलो खेलमा इङ्गलिश टोलीसंग १–१ को बराबरी खेल्नु सुखद भएपनि खेल मैदानमा उदण्डता देखाउनु उसका लागि महंगो सावित भयो । 
 
जसकै कारण समूहका अन्य दुई खेलमा सुधारिएको प्रदर्शन त गर्न सकेन नै आफ्ना समर्थकलाई खुसी दिलाउने मौका समय गुमायो । इङ्गल्याण्डका समर्थकमाथि जाई लागेको र हुलदंगा गरेको भन्दै सर्थकका नाइके तथा केही समर्थक पक्राउ परेका छन् । 
 
त्यतिमात्रै होइन युरोकप फुटबलको समूह चरणबाटै बाहिरिएपछि रसियाका फुटबल प्रशिक्षकले राजीनामा दिएका छन् । टोली समूह चरणबाटै बाहिरिएपछि प्रशिक्षक लियोनिड स्लट्स्कीले राजीनामा दिने निर्णय गरेका हुन् । स्लट्स्की गत वर्ष अगस्टमा मात्रै रुसी टिमको प्रशिक्षक नियुक्त भएका थिए । रसियाले वेल्स र स्लोभाकियासंग लज्जास्पद हार व्यहोर्दै घर फर्किनु परेको छ । 
 
रंगशालामा वितन्डा गर्ने रुसी र इङ्गलिश समर्थकलाई जेल 
 
युरोकप फुटबलको समूह चरण अन्तर्गत पहिलो लहरका खेलमा रंगशालमै हुलदंगा गर्ने रुसी फुटबल समर्थकका नाइके अलेक्जेन्डर स्यरिगन पक्राउ परे ।  इंग्ल्यान्ड र रसियाबीचको खेलको क्रममा रंगशालमै हुलदंगा गर्ने रुसी समूहको नेतृत्व उनैले गरेका फ्रेन्च सुरक्षा अधिकारीले जनाएका छन् ।
 
९ दिन अघि इंग्ल्यान्ड र रसियाबीचको खेलमा क्रममा उदण्ड व्यवहार देखाएपछि उनी मस्को भागेका थिए । यद्यपि, उनी फेरि फ्रान्स आएका बेला सोमबार राति पक्राउ परे । उनलाई दुई दिनपछि फ्रान्सबाट निकाला गरिने अधिकारीहरूको भनाइ छ । उनले अल रसिया सपोटर्स समूहको नेतृत्व गर्दै आएका छन् । 
 
मार्सेलीमा भएको खेलका क्रममा हुलदंगा गर्ने तीन रुसी समर्थकलाई २ वर्षसम्मको जेल सजाय हुने भएको छ । यस्तै, रंगशालामा उदण्डता देखाउने ६ इंग्लिश समर्थकलाई समेत ६ महिनासम्मको जेल सजाय हुने अधिकारीहरुले बताएका छन् । युरोपियन फुटबलको नियामक निकाय युएफाले रसियन फुटबल संघलाई लाई १ लाख ५० लाख जरिवाना तिराएको थियो । यसरी रसियालाई युरोकप भारी सिद्ध भयो । 
 
२०१२ को झट्का 
समूह ए मा रसिया, चेक रिपब्लिक, ग्रिस र पोल्याण्ड थिए । १६ टोली समभागि सो युरोकपमा रसिया गोल अन्तरका आधारमा सबैभन्दा अघि रहेपनि क्वार्टर फाइनलमा पुग्न सकेन । समूहको पहिलो खेलमा रसियाले चेक रिपब्लिकलाई ४–१ ले हरायो । दोस्रो खेलमा पोल्याण्डसंग १–१ को बराबरी खेलेर रसिया बलियो भएकामा अन्तिम खेलमा ग्रिससंग १–० को हार व्यहोर्‍याे ।
 
जसले उसलाई क्वार्टर फाइनलपुग्नबाट रोक्यो । उसले सुरुमा ४–१ ले हराएको चेक समूह विजेता बन्दै क्वार्टरफाइनल पुग्यो भने, ग्रिस समूह उपविजेता बन्दै क्वार्टर फाइनल पुग्यो । अचम्म त के भयो भने समान ४ अंक भएको ग्रिस गोल अन्तरले पछि रहेपनि दोस्रो चरण पुग्यो । रसिया घर फर्कियो । कारण अंक र गोल अन्तरका आधारले नभई हेड टु हेडका आधारमा निर्णय लिइयो । जसले रसियाको यात्रा निरस भयो । 
 
२०१६ मा बेहाल 
अघिल्लो युरोकपमा एक खेलमा जीत एक बराबरी गरेको रसियाले यसपटक समूहको आफ्नो पहिलो खेल १–१ को बराबरी गर्नु मात्रै सुखद रहयो । दोस्रो खेलमा स्लोभाकियासंग २–१ ले पराजित भयो । भने वेल्स संगको तेस्रो खेल ३–० ले गुमायो । अघिल्लो युरोकपमा ‘प्लस २’ गोल अन्तर रहेकामा यसपटक ‘माइनस ४’ रहयो । पहिले चार अंक बटुल्दा यसपटक जम्मा १ अंक रहयो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ