arrow

संसद् पुनर्स्थापनाको विकल्प छैन : रामचन्द्र पौडेल

logo
प्रकाशित २०७७ फागुन १० सोमबार
Ramchandra-Poudel.jpg

लहान । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् पुनर्स्थापनाको विकल्प नभएको बताएका छन् । मधेस सम्मान यात्राको क्रममा सोमबार सप्तरीको बोदे बसाइनमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा वरिष्ठ नेता पौडेलले पुनः स्थापनाले मात्र मुलुकलाई स्थिरता दिने भएकाले पुनर्स्थापनाको कुनै विकल्प नभएको जिकिर गरेका हुन् ।

नेपाली काँग्रेसको न्यायालयमाथि विश्वास रहेकाले अहिले ठुलो आन्दोलनको घोषणा नगरेको स्पष्ट पार्दै उनले काँग्रेस संविधानको रक्षाको लागि आन्दोलन गरिरहेको बताए ।

सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गर्नेमा आफ्नो पार्टी विश्वस्त रहेको उल्लेख गर्दै पौडेलले संविधानको कुनै पनि धारामा संसद् विघटनको प्रावधान उल्लेख नरहेका कारण सर्वोच्च अदालतले पनि त्यही संविधानको धारा पढेर फैसला गर्ने विश्वास व्यक्त गरे ।

मधेसलाई बचाउने र जोगाउने काम काँग्रेसले मात्र गर्न सक्ने दाबी गर्दै उनले मधेस र काँग्रेस एकार्का बिच पारस्परिक सम्बन्ध रहेको जिकिर गरे । मधेशवादी दलले मधेसका मुद्दा छोड्नाका साथै आफ्नो पार्टीको नाममा पनि मधेसी शब्द छोडेको बताए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ