arrow

प्रधानमन्त्रीको ध्येय सङ्घीय प्रणाली समाप्त पार्ने : उपेन्द्र यादव

logo
निरञ्जन कुमार साह,
प्रकाशित २०७७ फागुन १० सोमबार
upendra-yadhav.jpg

जनकपुरधाम । जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले राजनीतिक अस्थिरता बढाएर प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो निरङ्कुश तन्त्रलाई जारी राख्नकै लागि गैर संवैधानिक कदम उठाएको आरोप लगाएका छन् ।

जसपा अध्यक्ष यादवद्वारा लिखित नेपालको सन्दर्भमा समाजवादी लोकतन्त्र पुस्तकको उर्दु अनुवाद विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले  प्रधानमन्त्री ओली सङ्घीय प्रणाली समाप्त पार्ने खेलमा लागेको बताएका हुन् ।

अध्यक्ष यादवले भने, 'सङ्घीय प्रणाली जसमा पृथकतावादीको स्थान हुँदैन, जसमा अधिक व्यक्तिलाई अवसर दिइन्छ त्यस्तो प्रणाली समाप्त पार्ने ध्येय प्रधानमन्त्रीको रहेको छ।'

जनकपुरधाममा सोमबार अध्यक्ष यादवले राजनीतिक अस्थिरता कायम गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको बताए । पूर्व उपप्रधानमन्त्री समेत रहेका यादवले प्रधानमन्त्री ओलीको योजना आफ्नो निरङ्कुशतन्त्रलाई निरन्तर तन्काई राख्ने रहेको बताए ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरि सकेका छन्, अब निर्वाचन नगराएर देशमा राजनीतिक अस्थिरता बढाउने र निरङ्कुश प्रणाली जारी राख्ने ओलीको योजना रहेको अध्यक्ष यादवले जनताहरूलाई सतर्क रहनको लागि आग्रह गरे।

यस संविधानका कयौँ धारामाथि हाम्रो असहमति रहे पनि यसै संविधानमा सङ्घीयता, गणतन्त्र, धर्म निरपेक्षता, जनतामा सार्वभौम सत्ता, मौलिक हक जस्ता कुरो उल्लेख रहेकोले यसको संरक्षण गर्नु आवश्यक रहेको बताए । प्रधानमन्त्री ओली यो संविधानलाई विश्वकै उत्कृष्ट संविधान भन्दा भन्दै थाक्दैन थिए आज उनी सो संविधान नै समाप्त पार्न उद्धत रहेका छन् ।

कार्यक्रममा प्रदेश दुई का मुख्यमन्त्री लालबाबु राउतले मुस्लिम समुदाय पछाडि परेको एउटा कारण मध्ये शिक्षा समेत रहेको बताएका हुन् । मुख्यमन्त्री राउतले सो समुदायलाई आ–आफ्नो सन्तानहरूलाई मदर्सा शिक्षाका साथै आधुनिक शिक्षामा जोड दिन आग्रह गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ