अमेरिका विश्वको नेतृत्व गर्न फर्किएको छ : अमेरिकी विदेशमन्त्री एन्टोनी
एएफपी,
प्रकाशित २०७७ फागुन ८ शनिबार
982
Shares
वासिङ्टन। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले अमेरिका पूर्ववत् स्थितिमा फर्किएको बताएका छन्। महामारी, जलवायु परिवर्तन र इरानको परमाणु महत्त्वाकाङ्क्षाजस्ता मुद्दा सुल्झाउन सघाउनका लागि पूर्ण रूपमा संलग्न रहेको उनले बताएका हुन्।
बिबिसी समाचारमा दिएको आफ्नो पहिलो अन्तर्राष्ट्रिय अन्तर्वार्तामा ब्लिंकेनले कोभिड–१९ विरुद्धको विश्वव्यापी खोप कार्यक्रममा जोड दिएको बताएका छन्।
सो अन्तर्वार्ताको क्रममा कोरोनाभाइरसको उत्पत्तिको विषय खोजको लागि पारदर्शिताको अभाव देखाएको भन्दै चीनको समेत आलोचना गरेको समाचारमा जनाइएको छ। अमेरिकामा नयाँ राष्ट्रपति जो बाइडेन आएपछि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको कैयौँ निर्णयलाई उल्टाइएको छ।