arrow

टाटा मोटर्सको पाँचौ ग्लोबल सर्भिस क्याम्पको तेस्रो चरण आजबाट शुरु

logo
प्रकाशित २०७७ फागुन ५ बुधबार
tata-service-camp-sipradi_.jpg

काठमाडौं। नेपालका लागि टाटा मोटर्स्को आधिकारीक बिक्रेता सिप्रदी टेडिङ्ग प्रालिले ग्लोबल सर्भिस क्याम्प यही फाल्गुन ५ देखि १६ गते सम्म बिहानको ९:३० देखि साँझको ५:३० सम्म संचालनमा ल्याएको छ। कम्पनिका अनुसार टाटाका कमर्सियल गाडी धनिहरुलाई सहजता प्रदान गर्न यो ग्लोबल सर्भिस क्याम्पको आयोजना गरेको हो।

२८ मंसिर देखि सुरु भएको ५ औं टाटा मोटर्स ग्लोबल सर्भिस क्याम्पको यो तेस्रो चरणको सर्भिसिंग क्याम्प हो। सिप्रदीका कमर्सियल गाडीको ग्राहक सेवाका प्रमुख साम्देन छिरिंग लामाका अनुसार ग्लोबल सर्भिस क्याम्प ग्राहकवर्गहरुलाई निकै नै लाभदायी साबित भएको र ग्राहकहरुको आग्रहमा यो टाटा मोटर्स ग्लोबल सर्भिस क्याम्पलाई तेस्रो चरणबाट निरन्तरता दिइरहेको जानकारी दिए।

साथै यो सर्भिस क्याम १० दिनको भएको र अघिल्लो चरणको सर्भिस क्याम्प छुटाएका ग्राहकहरुलाई अवसरको फाइदा उठाउन आग्रह गरेका छन्।

गाडीसँग सम्बन्धित सम्पूर्ण सल्लाह, सुझाव र जानकारी दिने हेतुले आयोजना गरिएको उक्त ग्लोबल सर्भिस क्याम्प, विश्वभरि ४५ राष्ट्र लगायत नेपालका ४८ विभिन्न स्थानहरुमा आयोजित गरिएको छ। यस ग्लोवल सर्भिस क्याम्प अन्तर्गत टाटा मोटर्स सम्पूर्ण डिलर एवं आधिकारिक सर्भिस सेन्टरहरुमा गाडीको सम्पूर्ण स्वास्थ्य जाँचहरु हुनेछ।

लेवर चार्जमा २५५ छुट,  निःशुल्क इन्जिन आयल टप अप, टाटा जेन्यूइन स्पेयर पार्टसमा १०५ छुट, लुब्रिकेन्टस् मा १८५ छुट, टाटा जेन्यूइन स्पेयर पार्टसमा ६ महिनाको वारेन्टीका साथै निःशुल्क ४७ प्वाइन्ट चेक जाँच, निःशुल्क कम्प्युटर डाइग्नोसिस र सर्भिस क्याममा सहभागी ग्राहकहरुलाई निःशुल्क रु २०० को मोबाइल रिर्चाज यो सर्भिस क्यामका आकर्षणहरु रहेका छन्।

यसको साथै टाटा गाडी सम्बन्धी केहि जिज्ञाशा वा गुनाशो भएमा अनलाइन परामर्शको सुबिधा पनि यो सर्भिस क्याम्पमा रहेको छ। साथै, सर्भिस बुकिङ्गको लागि ९८०१२२३३४४ मा मिसकल गर्ने सकिने कम्पनीले जानकारी दिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ