arrow

कोहलपुरमा पनि म्याक परिवार

logo
प्रकाशित २०७७ फागुन ४ मंगलबार
kohalpur-MAK-lubricants.jpg

काठमाडौँ। भारत पेट्रोलियम कर्पोरेसन लिमिटेडद्वारा उत्पादित विश्व प्रसिद्ध म्याक ल्युब्रिकेन्टस्, नेपालका लागि म्याक ल्युब्रिकेन्टस्को आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालि र टी एल ट्रेड सप्प्लायार्सको संयुक्त आयोजनामा कोहलपुरमा म्याक परिवारको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ।

म्याक परिवारको मुख्य उद्देश्य भनेको म्याकका डिलरहरू, रिटेलरहरू तथा मेकानिक्स्हरूलाई एउटै परिवारमा बाँधेर विभिन्न सुविधाहरू उपलब्ध गराउनु रहेको कम्पनीले जनाएको छ। जसमा म्याक परिवारका सदस्यहरूले मेकानिक बिमा, शैक्षिक छात्रवृत्ति, होलिडे प्याकेज, फेमिली डिनर तथा योगाका कक्षाहरू लगायतका सुविधाहरू प्राप्त गर्न सक्नेछन्। यस बाहेक अन्य सुविधाहरू, व्यावसायिक तालिम, ल्युब्रिकेन्ट सम्बन्धी ब्रोशर-बुकलेट र अन्य सामाग्रीहरू लगायत प्राप्त गर्न सक्नेछन्।

यसको साथै कोहलपुरमा रहेको दुर्गा मोटो पार्ट्स लाई म्याक सर्भमा स्तरोन्नति गरिएको छ। म्याक सर्भमा ग्राहकहरूले अत्याधुनिक उपकरणहरूबाट उत्कृष्ट र उच्चस्तरीय सर्भिसिङ सेवा प्राप्त गर्न सक्नेछन्। जहाँ म्याक ल्युब्रिकेन्टस्को प्रयोग गरी मोटरसाइकल तथा स्कुटरहरूको सर्भिसिङ सेवा प्रदान गरिनेछ। उक्त वर्कसपमा ग्राहकहरूले कुनै पनि ब्रान्डको मोटरसाइकल तथा स्कुटरहरूको सर्भिसिङ गरी उत्कृष्ट सेवा प्राप्त गर्न सक्नेछन्।

यस वर्कसपले विभिन्न ब्रान्डका जेन्युइन पार्टपुर्जाहरू पनि उपलब्ध गराउँदै आइरहेको छ। म्याक सर्भको स्तरोन्नति गरिएको अवसरमा फेब्रुअरी २०२१ को अन्तिम  सम्म यस वर्कसपमा सर्भिसिङ गर्दा म्याक ल्युब्रिकेन्टस्मा १५ प्रतिशत, लेवर चार्जमा २० प्रतिशत र अन्य पार्टस्हरूमा १० प्रतिशत सम्मको छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

उक्त कार्यक्रममा भारत पेट्रोलियम कर्पोरेसन लिमिटेडका तर्फबाट म्याक ल्युब्रिकेन्टस्का कन्ट्री म्यानेजर मुकुन्द धमला र सिप्रदी ट्रेडिङ्ग प्रालिका डेपुटी जनरल म्यानेजर रोशन कुमार श्रेष्ठको उपस्थिति रहेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ