arrow

पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफको पार्टीले लादेनबाट पैसा लिने गरेको खुलासा

logo
एजेन्सी,
प्रकाशित २०७७ फागुन ३ सोमबार
nawaj-sarif.jpg

इस्लामवाद। पाकिस्तान मुस्लिम लीग-नवाज (पीएमएल-एन) ले पाकिस्तानको चुनाव आयोग (ईसीपी) को छानबिन समिति समक्ष उसले अलकायदाका आतङ्कवादी नेता ओसामा बिन लादेनबाट पैसा लिएको स्वीकार गरेको छ। पाकिस्तानी संसदीय सचिव फारुख हबीबले पूर्वप्रधानमन्त्री नवाज शरिफको पार्टीले पैसा लिने गरेको स्वीकार गरेको बताएका छन्।

छानबिन समितिले पीएमएल-एन र पाकिस्तान पीपुल्स पार्टी (पीपीपी) विरुद्ध वैदेशिक कोषको सुनुवाइ सकिएपछि पत्रकारहरूसँग कुराकानी गर्दै हबीबले पूर्वप्रधानमन्त्री शरीफले ओसामा बिन लादेनबाट रकम प्राप्त गरेर पाकिस्तानमा वैदेशिक कोषको जग बसालेको बताएका हुन्। लादेनले पूर्वप्रधानमन्त्री बेनजीर भुट्टोको सरकारलाई पतन गर्न लगानी गरेकोसमेत बताइएको छ।

पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) का नेताले पीएमएल-एन र पाकिस्तान पिपुल्स पार्टीले आफ्ना दाताहरूको विवरण उपलब्ध गराउन नसकेको आरोप लगाइएको छ। उनले जमीयत उलेमा-ए-इस्लाम-फजलको पनि आलोचना गर्दै यसको प्रमुख मौलाना फजलुर रहमानले लिबिया र इराकबाट पैसा लिएको आरोप लगाएका छन्।

केही दिन अगाडि अमेरिकाका लागि पाकिस्तानका पूर्व राजदूत अबिदा हुसेनले ओसामा बिन लादेनले नवाज शरीफलाई आर्थिक सहयोग पुर्‍याएको खुलासा गरेका थिए।

"हो, उनले (ओसामा बिन लादेन) एक समय मियाँ नवाज शरीफलाई समर्थन गरेका थिए। यद्यपि यो जटिल कथा हो। ओसामाले नवाज शरीफलाई आर्थिक सहयोग पुर्‍याउँथे," एक्सप्रेस ट्रिब्यूनले उनको उद्धृत गर्दै लेखेको थियो।

नवाज शरीफको सरकारका पूर्व क्याबिनेट सदस्य अबिदाले एक समय बिन लादेनलाई अमेरिकीहरू सहित सबैले मन पराउने गरेको स्मरण गर्दै पछिल्लो अवस्थामा उनलाई 'अपरिचित' व्यवहार गरेको बताएका छन्। लगातार तीन पटक पाकिस्तानको प्रधानमन्त्री भएका नवाज शरीफलाई काश्मीरमा जिहादलाई बढवा दिन लगानी गरेको बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ