arrow

भारतले तीन सांस्कृतिक सम्पदा परियोजनाको पुनर्स्थापनाका लागि १४२ करोड आर्थिक सहयोग गर्ने

सेतो मच्छिन्द्रनाथको सबलीकरण, बुढानीलकण्ठमा धर्मशालाको निर्माण तथा कुमारी छेँ र कुमारी निवासको संरक्षणमा रकम लगाइने

logo
प्रकाशित २०७७ माघ २९ बिहिबार
india-nepal.JPG

काठमाडौँ ।  भारतले तीन सांस्कृतिक सम्पदा परियोजनाको पुनर्स्थापनाका लागि १४२ करोड आर्थिक सहयोग गर्ने भएको छ ।  सेतो मच्छिन्द्रनाथ मन्दिरको संरक्षण र सबलीकरण, बुढानीलकण्ठमा धर्मशालाको निर्माण तथा कुमारी छेँ र कुमारी निवासको संरक्षण र विकास हेतु राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का परियोजना निर्देशक तथा ठेकेदारहरूले आज तीन वटा ठेक्का सम्झौतामा हस्ताक्षर गरेका छन् ।

भारतीय राजदूतावासको विकास साझेदारी एवम् पुनर्निर्माण विभागका प्रमुख, परियोजना परामर्शदाता आइएनटिएसीएच,  केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का अधिकारी तथा अन्य साझेदारहरूको उपस्थितिमा सो हस्ताक्षर सम्पन्न भएको हो ।

ललितपुरका मेयर, बुढानीलकण्ठ मन्दिरका मठाधीश, काठमाडौँ वडा नम्बर न. २५ का वडा अध्यक्ष, परियोजना क्षेत्रका उपभोक्ता समितिका प्रतिनिधिहरूले पनि सम्झौता हस्ताक्षर समारोहमा उपस्थिति जनाएका थिए ।

भूकम्पपछिको संरक्षण तथा पुनर्स्थापनाका लागि भारत सरकारले नेपाल सरकारसँग गरेको सम्झौता अनुरूप निर्माण भइरहेका सांस्कृतिक सम्पदा भित्रकै यी तीन परियोजनाहरू  हुन् । नेपालका आठ जिल्लामा २८ वटा सांस्कृतिक सम्पदाको पुनर्निर्माणका लागि भारत सरकारले प्रतिबद्धता गरेको ५० मिलियन अमेरिकी डलर अनुदान रकम प्रयोग गरी यी परियोजनाहरू कार्यान्वयन अवस्थामा छन्।

सेतो मच्छिन्द्रनाथ मन्दिर एक महत्त्वपूर्ण जीवित सम्पदा हो जुन काठमाडौँको जनबहालमा अवस्थित छ । काठमाडौँ उपत्यकालाई रक्षा गर्ने प्रमुख मन्दिरहरुमध्येकै एक उक्त सेतो मच्छिन्द्रनाथ मन्दिरलाई हिन्दु र बौद्ध दुवै धर्मावलम्बीहरुले पूजा आराधना गर्दछन्। करिब ६२ करोड साठी लाखको लागतमा मन्दिरको जीर्णोद्धार र सबलीकरण गरिनेछ ।

रत्नाकर महाविहार भित्र अवस्थित कुमारी छेँ पाटनकी जीवित देवीको ऐतिहासिक घर हो । कुमारी छेँ नेवार बौद्ध समुदायको संस्कृति र परम्पराको केन्द्र हो र जीवित देवीसँग सम्बन्धित रितिरिवाजहरुमा कुमारी निवासको महत्त्वपूर्ण सम्बन्ध छ । कुमारी छेँ र कुमारी निवासको संरक्षण एवम्विकासका लागि करिब ४५ कोरोड साठी लाखलाग्नेछ ।

दुई जीवित सांस्कृतिक सम्पदाको गौरव गाथा एवम् परम्पराको जर्गेना गर्दै सेतो मच्छिन्द्रनाथ मन्दिर, कुमारी छेँ र कुमारी निवासको संरक्षण नेपालको प्राचीन स्मारक संरक्षण ऐन अनुसार संरक्षण गरिनेछ । यी परियोजनाहरूको निर्माण तथा संरक्षण एवम् सबलीकरण कार्य निरीक्षणका लागि आइएनटिएसीएचलाई परियोजना व्यवस्थापन परामर्शदाताको रूपमा चयन गरिएको छ । यी परियोजनाहरूको निर्माणमा आइएनटिएसीएच ले नेपाल सरकारका अधिकारीहरूसँग मिलेर काम गर्नेछ ।

स्थानीय रूपमा नारायणथानको नामले परिचित बुढानीलकण्ठ मन्दिर भित्रकै परिसरमा धर्मशाला अवस्थित छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) यस परियोजनाको कार्यान्वयन निकाय हो । करिब ३३ करोड चार लाख करोडको लागतमा सो धर्मशालाको निर्माण गरिनेछ । उक्त पवित्र मन्दिरमा आउने पर्यटक तथा तीर्थयात्रीका लागि सो धर्मशालाले सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ ।

यसअघि सन् २०१९ नोभेम्बरमा भारतले यस बुढानीलकण्ठ मन्दिरका लागि करिब २ करोड १८ लाख करोडमा मठाधीशको निर्माण गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ