arrow

चिनियाँ सेनाले दिएको खोप पाकिस्तानी सेनाले स्वास्थ्यकर्मीहरूलाई दिए

logo
प्रकाशित २०७७ माघ २८ बुधबार
Vaccine-chin-pak-covid.jpg

काठमाडौं । चिनियाँ पिपुल्स लिब्रेसन आर्मी (पीएलए)ले सोमबार पाकिस्तानी आर्मीलाई खोप अनुदान दिएको छ । सबैभन्दा पहिले विश्वभर स्वास्थ्यकर्मीहरूलाई खोप दिइँदै गर्दा चीनले भने सेनालाई पहिला दिएको हो ।
 
तर, पाकिस्तानी सेनाले उक्त खोप स्वास्थ्यकर्मीहरूलाई नै दिएका छन् । 'जहिले र जहाँ पनि सबैभन्दा अघि राष्ट्र आउँछ' भन्ने पाकिस्तानी सेनाको नीति अनुसार उक्त खोप राष्ट्रिय खोप अभियानमा दिइएको सेनाले जनाएको छ । पाकिस्तानी सेनाले एक विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो । 
 
चीनले भने पाकिस्तानी सेनालाई खोप दिँदै अन्तरदेशीय सेनालाई खोप दिने पहिले मुलुक बनेको भन्दै विज्ञप्ति जारी गरेको छ ।
 
चिनियाँ सेनाकारतर्फबाट जारी विज्ञप्तिमा कति मात्रा खोप दिइएको हो भन्ने नखुलाइए पनि पाकिस्तानी सेनालाई खोप अनुदान दिएको उल्लेख गरिएको छ ।
 
पाकिस्तानमा चिनियाँ सरकारी स्वामित्वको कम्पनी सिनोफार्मले उत्पादन गरेको कोरोना खोपको ५ लाख डोज पुगिसकेको छ । करिब ४ लाख चिकित्साकर्मीलाई सुरुमा खोप लगाउन यो महिनासम्ममा पाकिस्तानमा करिब १० लाख चिनियाँ खोप पुग्ने बताइएको छ ।
 
त्यस्तै यसै महिनाको अन्त्यसम्म एस्ट्राजेनेकाको ६० देखि ७० लाख डोज खोप भित्रिने समेत पाकिस्तानी स्वास्थ्य अधिकारीहरूले बताएका छन् । त्यस्तै कोभ्याक्स अन्तर्गतबाट १ करोड ७० डोज पाउने पनि पाकिस्तानी अपेक्षा रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ