arrow

पाकिस्तानमा फाँसीवाद बढेको पाकिस्तानी पूर्व कूटनीतिज्ञको भनाई

logo
एजेन्सी,
प्रकाशित २०७७ माघ २६ सोमबार
Pakistan-Flag.jpg.jpeg

इस्लामाबाद। बेलायतका लागि पूर्व पाकिस्तानी राजदूत वाजिद शमशुल हसनले पाकिस्तानमा फाँसीवाद बढेको बताएका छन्। इमरान खानको नेतृत्वमा रहेको सरकारको आलोचना गर्दै हसनले डेली टाइम्समा प्रकाशित आफ्नो लेखमा भनेका छन्, "पाकिस्तानमा आउँदै गरेको पतनले सरकारप्रति असन्तुष्टि बढाउँदै लगेको छ। सरकारले भने आफ्नो फाँसीवादी गठबन्धनलाई बढाउँदै लगेको देखिएको छ।"

"यसले केवल मिडियामा मात्र नभई विपक्षी राजनीतिज्ञ, नागरिक समाज, बुद्धिजीवीहरूलाई तथा महिला र अल्पसंख्यकविरुद्ध हिंसात्मक गतिविधि बढाउने काम गरिरहेको छ।"

विशेष गरी शान्तिप्रेमी सिया हजार समुदायमाथिको पाकिस्तानी आक्रमणले यसको उजागर गरेको उनले बताएका छन्। ह्युमन राइट वाचको सन् २०२१ को रिपोर्ट अनुसार अल्पसङ्ख्यकहरूको व्यवहारमा हिंसामा लगातार वृद्धि भएको, महिला, बालबालिकाको दुर्व्यवहार र पाकिस्तानी समाजका कम सुविधा प्राप्त सदस्यहरूमाथि थप उत्पीडन भइरहेको उनले जनाएका छन्।

उनले भने, "पीटीआईका अधिकारीहरूले समाजको कमजोर वर्गलाई उत्पीडनबाट मुक्त गर्न प्रहरी आतङ्कको शासन छोड्नुपर्छ। प्रायः मानव अधिकारको रक्षा गर्ने र पत्रकारहरूलगायतका लक्षित वर्गलाई यातना दिने काम गरिरहेको छ। पाकिस्तानले विशेष गरी दमनकारी नीतिलाई सामेल गरेको छ।"

"पिटिआई सरकारले राष्ट्रिय जबाफदेही ब्युरोको दुरुपयोग गरिरहेको छ," उनले भनेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ