arrow

नरेन्द्र मोदीको सुझावः ‘समस्या नभई समाधानको हिस्सा बन्नुस् 

logo
प्रकाशित २०७७ माघ २६ सोमबार
modi-rajyasabha.jpg

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विपक्षी दलहरुलाई समस्याको नभई समाधानको हिस्सा बन्न अग्रह गरेका छन् । राज्यसभामा राष्ट्रपतिको अभिभाषणमाथि धन्यवाद प्रस्तावमाथि जवाफ दिने क्रममा विपक्षीलाई ‘समस्याको हिस्सा बन्दा राजनीति चल्छ, समाधानको हिस्सा बने राष्ट्रनीति मजबूत हुन्छ’ भनी समाधानको हिस्सा बन्न आग्रह गरेका हुन् । 

विपक्षीसँग सरकारको विरोध गर्ने थुप्रै मुद्दा हुने भन्दै मोदीले समाधानका लागि सरकारी कदममा साथसाथ जान सके मुलुकले पनि गति पाउने बताएका हुन् । उनले कोरोना भाइरसको हालतमा भारतले लडेको लडाइमा आफूहरुले गर्व गर्नुपर्ने बताए । 

विपक्षी दल देशको मनोबल तोड्ने बाटोमा नहिँडोस् भनी उनले आग्रह पनि गरेका छन् । मोदीले पूरै विश्व चुनौतीसँग जुधिरहेको भन्दै सायदैले सोचेका होलान् यसरी अगाडि बढ्नु पर्ला भनी वर्तमान बुझाएका छन् । 

उनले यो दशकको सुरुआतमै राष्ट्रपतिले संयुक्त सदनमा गरेको संवोधन नयाँ आत्मविश्वास पैदा गर्ने खालको भएको भन्दै यसले नै भारतको भविष्य देखाउने र यो दशकको मार्ग प्रशस्त गर्ने बताए । 

उनले राज्यसभामा करिब १३–१४ घण्टासम्म बहुमूल्य भनाइ राखेको भन्दै आभारसमेत प्रकट गरेका छन् । उनले राष्ट्रपतिको भाषण सुन्न पनि सबै भएको भए राम्रो हुन्थ्यो भन्दै उनले यसले नै लोकतन्त्रको गरिमा बढ्ने थियो भनी विपक्षीलाई सम्झाएका छन् । 

उनले राष्ट्रपति संवोधनको प्रशंसा गर्दै राष्ट्रपतिमार्फत नै कतिपयले नसुन्दा नसुन्दै पनि बोल्न सके । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ