arrow

मोटरसाइकल वर्कसपहरूलाई देशव्यापी रूपमा म्याक सर्भमा स्तरोन्नति गरिँदै

logo
प्रकाशित २०७७ माघ २३ शुक्रबार
sipradi-max_lubricants.jpg

काठमाडौँ। ग्राहकहरूलाई अत्याधुनिक उपकरणहरूबाट उत्कृष्ट र उच्चस्तरीय सर्भिसिङ सेवा दिने प्रतिबद्धताको साथ काठमाडौँ र पोखरापछि सिप्रदीद्वारा लहान र चितवनमा पनि मोटरसाइकल वर्कसपलाई म्याक सर्भमा स्तरोन्नति गरिएको छ। भारत पेट्रोलियम कर्पोरेसन लिमिटेडद्वारा उत्पादित विश्व प्रसिद्ध म्याक ल्युब्रिकेन्टस् र नेपालका लागि म्याक ल्युब्रिकेन्टस्को आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिको संयुक्त परियोजनामा सिप्रदीद्वारा देशको विभिन्न स्थानहरूमा मोटरसाइकल वर्कसपलाई म्याक सर्भमा स्तरोन्नति गरिएको छ।

भारत पेट्रोलियम कर्पोरेसन लिमिटेड ल्युब्रिकेन्टस्का कन्ट्री म्यानेजर मुकुन्द धमला र सिप्रदी ट्रेडिङ्ग प्रालिका डेपुटी जनरल म्यानेजर रोशन कुमार श्रेष्ठको उपस्थितिमा नेपालको २ नम्बर प्रदेश अन्तर्गत लहानको केन्द्रबिन्दु लहान चोकमा रहेको शङ्कर एन्ड ब्रदर्स आटो पार्ट्स र प्रदेश नम्बर ३ अन्तर्गत पर्यटकीय स्थल नारायणगढको केन्द्रबिन्दु लायन्सचोकमा रहेको चितवन बाहिक सर्भिस सेन्टरलाई म्याक सर्भमा स्तरोन्नति गरिएको कम्पनीले जनाएको छ।

म्याक सर्भमा ग्राहकहरूले अत्याधुनिक उपकरणहरूबाट उत्कृष्ट र उच्चस्तरीय सर्भिसिङ सेवा प्राप्त गर्न सक्नेछन्। जहाँ म्याक ल्युब्रिकेन्टस्को प्रयोग गरी मोटरसाइकल तथा स्कुटरहरूको सर्भिसिङ सेवा प्रदान गरिनेछ। उक्त वर्कसपमा ग्राहकहरूले कुनैपनि ब्रान्डको मोटरसाइकल तथा स्कुटरहरूको सर्भिसिङ गरी उत्कृष्ट सेवा प्राप्त गर्न सक्नेछन्। यसको साथै म्याक सर्भको स्तरोन्नति गरिएको अवसरमा  फेब्रुअरी १५ सम्म यी वर्कशपहरुमा सर्भिसिङ गर्दा म्याक ल्युब्रिकेन्टस्मा १५ प्रतिशत, लेबर चार्जमा २० प्रतिशत र अन्य पार्टस्हरुमा १० प्रतिशत सम्मको छुटको व्यवस्था गरिएको छ।

म्याक सर्भमा स्तरोन्नति भएका वर्कसपहरूले विभिन्न ब्रान्डका जेन्युइन पार्टपुर्जाहरू पनि उपलब्ध गराउँदै आइरहेको छन्। हालसम्म  काठमाडौँ, पोखरा, लहान र चितवनमा म्याक सर्को स्तरोन्नति भइसकेको छ भने कोहलपुर, भक्तपुर र इटहरीमा पनि छिट्टै सुरुवात हुँदै छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ