एजेन्सी । क्रोएसिया र चेक गणतन्त्रबीचको खेलको क्रममा क्रोएसियाका समर्थकले मैदानमा आगो बलिरहेको पटाखा फालेका कारण खेल केही समय अवरुद्ध भएको घट्नालाई युईएफएले जाँचबुझ थालेको छ।
क्रोएसियन खेलाडीले आफ्ना समर्थकलाई शान्त हुन आग्रह गरेपनि उनीहरुले खेलालाई नै आगोको लप्का र बोतल प्रहार गर्दै उदण्डता देखाएका हुन् । जसले खेल पाँच मिनेट रोकिएको थियो ।
समर्थकको उदण्ड व्यवहारपछि युरोपियन फुटबलको नियामक निकाय युइएफएले आफ्नो अनुशासन कमिटिले रंगशालामा भएको हुलदंगाबारे छानबिन शुरु गरेको छ । क्रोएसिया दोषी ठहर भए प्रतियोगिताबाटै बाहिरिन सक्नेछ ।
क्रोएसियाका स्टार खेलाडी ईभान राकिटीले आफ्ना समर्थकको उदण्ड ब्योहार र युईएफएको जाँचबुझ प्रति ईङ्गित गर्दै भनेका छन् 'मलाई थाहा छैन् तर हामीले आफ्नो अन्तिम खेल पनि खेलेको हुन्सक्छ'। उनको यो अभिव्यक्ति दोषी देखिए क्रोएसियालाई युरो २०१६बाट प्रतिबन्ध लगाउन सक्ने सम्मको सजाय प्रति रहेको थियो।
क्रोएसिया र चेक गणतन्त्रबीचको खेलका क्रममा स्टेड जेफ्रोय गिचार्ड रंगशालमा झडप भएको छ । खेलको अन्तिम समयतिर क्रोएसियन समर्थकले मैदानमा आगो सल्किएका बस्तु फाल्दै आपसमा हुलदंगा गरेका हुन् ।
क्रोएसियाले २–१ अग्रता लिएकै समय रंगशालाको एक कुनाबाट क्रोएसियन समर्थकले आगो सल्किएका बस्तु मैदानमा फालेपछि हुलदंगा भएको सुरु भएको हो । खेल २–२ को बराबरीरीमा सकिएपछि क्रोएसियन समर्थकले रंगशालामा तोडफोड सुरु गरे ।
बाहिर जसले जे गरेपनि खेल मैदान र मैदान परिसर वरपर यस्ता उत्ताउला हर्कत गर्नु फुटबल अनुशासन विरुद्ध हो । जसले फुटबल संघलाई समेत कारबाही हुन सक्दछ । यसअघि टर्कीसँगको पहिलो खेलमा समेत क्रोएसियन समर्थकले हुलदंगा गरेका थिए । क्रोएसियाका प्रशिक्षक एन्टी कासिसले यस्तो हिंसात्मक गतिविधि गर्ने क्रोएसियन समर्थक हुन नसक्ने र सो समूह गुण्डा गर्दीबाट प्रेरित रहेको बताएका छन् ।
यसअघि, युरोकपको समूह चरणको पहिलो खेलमा रसिया र इङ्गल्याण्डका समर्थकबीच कुटाकुट भएको थियो । जस कारण रसियाले एक लाख ५० हजार युरो जरिवाना तिर्नु परेको थियो ।