arrow

कञ्चनपुरको बेलौरीमा दुई सय नेकपा कार्यकर्ता कांग्रेस प्रवेश

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७७ माघ १८ आइतबार
party-prabeshs.JPG

कञ्चनपुर । नेपाल कम्युनिष्ट पार्टी भित्रको चरम बिवाद र बिभाजनको स्थितिबाट दिक्क भएका कार्यकर्ताहरु देशभर नेकपाको बिकल्प खोज्न थालेको अबस्थामा कञ्चनपुरमा एकै दिन दुई सय कार्यकर्ताले नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । जिल्लाको दक्षिणी क्षेत्रको बेलौरीमा नेकपा भित्र चुलिएको बिवाद र आपसी खिचातानीबाट देशको लोकतन्त्रनै धरापमा पर्न सक्ने भन्दै अहिलेसम्मकै ठुलो संख्यामा नेकपा छोडेर कांग्रेस प्रवेश गरेको बताएका छन् ।

बेलौरी नगरपालिका १० स्थित शिवनगरमा नेपाली कांग्रेसको वडा कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा नेकपाका संगठानिक सदस्य बिनोद कठायत र फुलपत चौधरीको नेतृत्वमा नेकापाका २ सय कार्यकर्ताले नेपाली कांग्रेसमा प्रवेश गरेका हुन ।  बेलौरीको शिवनगरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नव प्रवेशी हरुलाई नेपाली कांग्रेसका नेता एवं पुर्व साँसद दिवानसिंह बिष्टले पार्टीमा भित्र्याएका हुन ।

नेपाली कांग्रेस बेलौरी १० का कार्यकर्ता देवराज चौधरीको पहलमा २ सय जना नेकपाबाट कांग्रेसमा प्रवेश गराइएको नेपाली कांग्रेस क्षेत्र नम्बर १ का  क्षेत्रीय सभापति गोपिप्रसाद उपाध्यायले बताए ।

नेकपामा देखिएको बिवाद र यसबाट बिकसित पछिल्लो राजनैतिक अबस्थाका कारण कञ्चनपुरमा यतिबेला नेकपा परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गर्नेहरुको संख्यामा वृद्धि हुन थालेको छ ।

पछिल्लो समय कञ्चनपुरको दक्षिणी क्षेत्रमा संगठन बिस्तार र जनता बीच विभिन्न कार्यक्रमका साथ नेपाली कांग्रेसले अभियान थाले पछि नेकपाका कार्यकर्ताहरुको समेत कांग्रेस मोह बढ्दै गएको छ ।

नेपाली कांग्रेस बेनपा १० वडा समितिले आयोजना गरिएको पार्टी प्रवेश  कार्यक्रममा वडा सभापति खगेन्द्र पन्डितको अध्यक्षता रहेको थियो । उक्त कार्यक्रमका प्रमुख अतिथी नेता दिवानसिह बिष्ट रहेका थिए । कार्यक्रममा क्षेत्रीय सभापती गोपिप्रसाद उपाध्याय , महाधिवेशन प्रतिनिधि तथा पुर्व क्षेत्रीय सभापती हरेन्द्र बिष्ट लगायतका नेताहरुको सहभागिता रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ