arrow

घरमा यसरी गर्ने गणेशको पूजा

श्री गणेशोपासनाका महत्वपूर्ण सूत्र

logo
एसएसआरएफ,
प्रकाशित २०७७ माघ १६ शुक्रबार
ganesh.jpg

काठमाडौं । श्री गणेशजीको उपासनामा नित्यपूजा, अभिषेक, सम्बन्धित व्रत एवं उपवास, अथर्वशीर्ष पाठ, सम्बन्धित विविध श्लोक एवं मन्त्रहरुको विशिष्ट संख्यामा पाठ, नामजप जस्ता विविध कृत्यहरुको अन्तर्भाव हुन्छ । केही मानिस विशेषरूपमा श्री गणेश सहस्रनामको पाठ गर्दै, अर्थात् श्री गणेशजीको १ सहस्र नाममा एक-एकको उच्चारण गरी श्री गणेशजीलाई दुबो अर्पण गर्दछन् । यसलाई ‘दूर्वार्चन’ भनिन्छ ।

सर्वसाधारणतः नित्य उपासनामा श्री गणेशजीको मूर्तिको पूजन गरिन्छ । यी पूजन पञ्चोपचार अथवा षोडशोपचारको हुन्छ । गणेशजीको उपासनासँग सम्बन्धित चतुर्थीको विशेष तिथिमा गणेशभक्त अथर्वशीर्षको पाठ गर्दै मूर्तिमा अभिषेक गर्दछन् । अथर्वशीर्षमा श्री गणेशजीको रूपको वर्णन गरिएको छ । श्रीगणेशजीको मूर्ति दुई प्रकारका हुन्छन्, दक्षिणाभिमुखी मूर्ति एवं वाममुखी मूर्ति ।

दक्षिणाभिमुखी एवं वाममुखी मूर्तिका विशेषताहरु
दक्षिण अर्थात दायाँपट्टिले दक्षिण दिशा यमलोकतिर लैजान्छ । दायाँ भाग सूर्यनाडीको हो । जसले दक्षिण दिशाको सामना गर्न सक्छ, त्यो शक्तिशाली हुन्छ । जसको सूर्यनाडी कार्यरत हुन्छ, ऊ तेजस्वी हुन्छ । यी दुवै अर्थबाट दक्षिणाभिमुखी गणपतिलाई ‘जागृत’ मानिन्छ । दक्षिणाभिमुखी अर्थात यस्ता मूर्ति जसको सुड दाहिनेतिर फर्किएको हुन्छ । दक्षिण दिशाबाट रज तरङ्ग आउँछ, जसको तरङ्गबाट व्यक्तिलाई कष्ट हुन सक्छ । त्यसैले कर्मकाण्डका सबै नियमको यथार्थ पालन गरी दक्षिणाभिमुखी मूर्तिको पूजा गरिन्छ ।

कर्मकाण्ड अन्तर्गत पवित्रता, शुद्ध-अशुद्ध इत्यादि सबै नियमको पालन गर्दा व्यक्तिमा सात्त्विकता बढ्दछ र दक्षिण दिशामा प्रक्षेपित रज तरङ्गबाट उसलाई कष्ट हुँदैन । वाम अर्थात वायाँपट्टि । पूर्वतिर मुख गरेर उभिंदा आफ्नो बायाँतिर उत्तर दिशा हुन्छ । उत्तर दिशा अध्यात्मका लागि पूरक एवं आनन्ददायक हुन्छ । बायाँतिर चन्द्रनाडी हुन्छ । त्यसले शीतलता प्रदान गर्दछ । त्यसैले पूजामा धेरैजसो वाममुखी गणपतिको मूर्ति राखिन्छ । वाममुखी मूर्तिको सुड बायाँतर्फ मोडिएको हुन्छ । इसको पूजन नित्य पद्धतिबाट गरिन्छ ।

 श्री गणेशजीको पूजन
नित्यपूजामा सबै देवताहरुको पूजा गरिन्छ । यहाँ हामी सुविधाको लागि श्रीगणेशजीको पूजा मात्र बताइरहेका छौं । प्रतिदिन गरिने नित्यपूजनमा यो प्रतिमाको पूजा गरिन्छ । आउनुहोस् श्री गणेश पूजाको प्रक्रिया जानौं ..

१. श्री गणेशजीलाई अनामिकाले चन्दन लगाउनुहोस् ।
२. श्री गणेशजीलाई रातो रङ्गको ८ फूलहरु डाठ उहाँतर्फ फर्काएर चढाउनुहोस् ।
३. श्री गणेशजीलाई दुबो चढाउँनुहोस् ।
४. यथासम्भव श्रीगणेशजीलाई रातो फूल एवं दुबोबाट बनेको माला पनि चढाउनुहोस् ।
५. अब दुईटा अगरबत्ती बालेर श्रीगणेशजीलाई देखाउनुहोस् ।
६. घडीको सुइको दिशामा पूर्ण गोलाकार पद्धतिले, तीन पटक आरती घुमाएर श्री गणेशजीलाई दीप देखाउनुहोस् ।
७. श्री गणेशजीलाई गुड (शक्खर) ले बनेका नैवेद्य अर्पण गर्नुहोस् ।

पूजा गरेपछि गणेशजीलाई आठ पटक परिक्रमा गर्नुहोस् । यो सम्भव नहुँदा एउटै ठाउँमा उभुएर तीन पटक गोलाकार धुम्नुहोस् । विशेषगरी गणेश चतुर्थीको उपलक्ष्यमा श्रीगणेशपूजन गर्दा यहाँ बताइएका कुराहरुमा अवश्य ध्यान राख्नुहोस् ।

श्री गणेश पूजनका निम्ति चाहिने विशेष सामग्री
श्री गणेशपूजनमा दूबो, शमी एवं मदारको पत्ताहरु, रातो एवं सिन्दूर रङ्गको वस्तुहरु; जस्तो कि रक्तचन्दन, रातो एवं सिन्दूरी वस्त्र एवं फूल विशेष रूपमा प्रयोग गरिन्छ । श्री गणेशतत्त्वको अधिक फाईदा लिनको लागि चन्दन, केवडा, चमेली एवं खस, यी सुगन्धहरुको घूपको उपयोग लाभदायक हुन्छ । अनिष्ट शक्तिको निवारणका निम्ति श्री गणेशजीको उपासनामा हीना एवं दरबार यी सुगन्धहरुको घूप उपयोगी मानिन्छ । पूजापछि श्री गणेशजीका निम्ति लड्डु र उहाँको वाहन मुसाको लागि खीरको नैवेद्य अर्पण गर्नुपर्छ । रातो एवं सिन्दूर रङ्गको कारण प्रतिमामा गणेशतत्त्व अधिक मात्रामा आकृष्ट हुन्छ । प्रतिमालाई जागृत गर्नको लागि यो कार्य सहायक बन्छ । जसरी रातो एवं सिन्दूर रङ्गको उपयोग देवतापू्जनममा गणेशतत्त्व आकृष्ट गर्नको लागि लाभदायक हुन्छ, त्यसरी नै व्यक्तिका लागि पनि गणेशतत्त्व प्राप्त गर्नको लागि रातो एवं सिन्दूर रङ्गको वस्त्र लगाउनु उपयुक्त हुन्छ । यस विषयमा महाराष्ट्रको साधिका श्रीमती स्मिता जोशीलाई भएको अनुभूति हो ।

साधनामन्त्र
१. श्री गणेशाय नमः । : यसमा श्री अर्थात श्रीं तथा यो बीजमन्त्र हो । गणेशाय मूल बीजको सकल्पना हो, जब कि नमः पल्लव हो ।
२. ॐ गँ गणपतये नमः । : इसको अर्थ हो – ॐ अर्थात् प्रणव, गँ अर्थात् मूल बीजमन्त्र, गणपतये अर्थात् भगवान् श्रीगणेशलाई नम: अर्थात् नमस्कार गर्दछु ।

उपासनाका कृत्यहरु
कृत्य सम्बन्धी विवेचन
श्री गणेशपूजन पूर्व उपासक स्वयंले तिलक कसरी लगाउने?  आँखीभूईको बीचमा रहेको आज्ञाचक्रमा सिधा तिलक लगाउनुपर्दछ ।
श्री गणपतिलाई तिलक कुन औंलाले लगाउने ?  साहिंली (अनामिका) औंलाले
पुष्प कुन चढाउने ?  रातो रङ्गको फूल, आठ या आठको गुनामा जो समान आकारका छन्, फूललाई भेट्नु देवतातिर फर्काएर चढाउनु पर्दछ ।
तारक उपासनाको लागि कुन सुगन्धको घूप?  चन्दन, चमेली, केवडा, खस (सङ्ख्या २)
मारक उपसनाको लागि कुन सुगन्धको घूप?  हिना या दरबार (सङ्ख्या २)
आरती कसरी गर्ने? दाहिने हातको चोर औंला र बुढी औंलाले समाएर गोलाकार किसिमले ३ पटक घुमाउनु पर्दछ ।
कुन सुगन्धको अत्तर अर्पण गर्ने? हिना
श्री गणपतिलाई न्यूनतम कतिपटक परिक्रमा गर्ने? न्यूनतम आठ अथवा आठको गुनामा गर्नुपर्दछ
(सन्दर्भ: सनातनको ग्रन्थ एवं लघुग्रन्थ ‘श्री गणपति’)

ईमेल : hjsnepal@gmail.com
Website: स्पिरिच्युअल साइन्स रिसर्च फाउण्डेशन (एस एसआरफ)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ