चीनको कडा चेतावनी - 'ताइवान स्वतन्त्र हुन खोजे युद्ध हुन्छ'
हाम्रा कुरा
प्रकाशित २०७७ माघ १६ शुक्रबार
418
Shares
काठमाडौं । चीनले ताइवान स्वतन्त्र हुन खोजे युद्ध हुने भन्दै कडा प्रतिकृया दिएको छ । बेइजिङले ताइवान नजिक समुद्रमा सैन्य गतिविधि बढाउँदै युद्धविमान पठाएको केहीदिनपछि यस्तो चेतावनी दिएको हो ।
अमेरिका र ताइवानबीचको सम्बन्ध जो बाइडेन प्रशासनले समर्थन गरेको अवस्थामा चीनले यस्तो चेतावनी दिएको हो ।चिनियाँ रक्षामन्त्रालयका प्रवक्ता वु कियानले बिहीबार एक पत्रकार सम्मेलनमा बोल्दै 'हामी ताइवानको स्वतन्त्रता खोज्ने फौजलाई गम्भीर रुपमा भन्दै छौं, 'जो आगोसँग खेल्नेछन्, उनीहरु आफै जल्नेछन् र ताइवानको स्वतन्त्रता भनेको युद्ध हो', भनेका छन् ।
उनले ताइवान नजिक चीनले बढाएको सैनिक गतिविधि सुरक्षा खतराका कारण आवश्यक भएको तर्क गरेका छन् ।चीनले ताइवानलाई आफ्नो प्रान्तकारुपमा हेर्दै आएको छ भने ताइवानले आफुलाई सार्वभौम राज्य मान्दै आएको छ ।
जो बाइडेन प्रशासनले मानवाधिकार उल्लंघन, व्यापार विवाद, हङकङ र ताइवानलगायतका मुद्दालाई लिएर चीनमाथि दवाव सिर्जना गर्ने अपेक्षा गरिएको छ ।