arrow

संघीयता र लोकतन्त्रलाई समाप्त पार्ने खेल हुँदैछ: उपेन्द्र यादव

logo
सौरभ गिरी,
प्रकाशित २०७७ माघ १५ बिहिबार
upendras.JPG

नेपालगन्ज । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले लोकतन्त्रलाई धरापमा पार्ने खेलका विरुद्ध मोर्चाबन्दी गर्नुपर्ने बताएका छन्  ।

अवधि पत्रकार संघ बाँकेले बिहिवार बिहान नेपालगन्जमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले संघीयता, लोकतन्त्र र समावेशितालाई धरापमा पार्दै समाप्त गर्ने उद्देश्य अनुरुप प्रतिनिधिसभा विघटन गरिएको जिकिर गरे ।

उनले संसद् विघटन संविधानसम्मत नभएको बताए । यादवले संसद् विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको बताउँदै मुलुकलाई प्रतिगमनतर्फ लैजाने खेल भइरहेको दावी गरे ।

"प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्रीले फरक फरक कारण बताइरहनुभएको छ, कहिले यो संविधानसम्मत हो भन्नुहुन्छ, कहिले राजनीतिक निर्णय हो भन्नुहुन्छ, यसको औचित्य नै पुष्टि हुन सकेको छैन," यादवले भने ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ