arrow

करोडौं  मूल्यका अवैध सामग्रीसहित ओरियन्सका संचालक पक्राउ

logo
युबराज रेग्मी,
प्रकाशित २०७७ माघ १४ बुधबार
jitendra-sah-orient.jpg

झापा । राजश्व छली गरी भित्र्याइएका ओरियन्स कम्पनीका करिब चार करोड भन्दा बढी मूल्य बराबरका सामान झापाको दमकबाट प्रहरीले  मंगलबार बरामद गरेको छ । बिल सहितको ८७ लाख रुपैयाँ र बिना बिलको ३ करोड मूल्य बराबरका सामान प्रहरीले सार्वजनिक गरेको हो ।

ईलाका प्रहरी कार्यालय दमकद्वारा आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी सानुराम भट्टराईले दमक ६ स्थित एक घरबाट उक्त सामानसहित कम्पनीका सञ्चालक जितेन्द्र साहलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 

बरामद सामान र पक्राउ परेका साहमाथि थप अनुसन्धानका लागि आन्तरिक राजश्व कार्यालयमा बुझाउने प्रकृया शुरु गरिएको प्रहरीले  जानकारी दिएको छ । बरामद गरिएका सामानहरुमा सप्लिमेन्ट खाद्यान्हका परिपुरक सामग्रीहरु  रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ