काठमाडौं। वेष्टईण्डिजमा जारि अष्ट्रेलिया-दक्षिण अफ्रिका-वेष्टईन्डिज सम्मिलित त्रिकोणिय क्रिकेट प्रतियोगिताको छैठौं खेलमा दक्षिण अफ्रिकाले आयोजक वेष्टईण्डिजलाई छैठौं खेलमा १३९ रनले पराजित गरेको छ।
ईमरान ताहिरको बलिङ र हासिम आमलाको शतक मदतले अफ्रिकाले वेष्टईण्डिज माथी सहज जित हात पारेको हो। टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ३४३ रन बनाएको थियो। हासिम अमलाले ११० रन बनाएका थिए भने क्वाण्टन डेककले ७१ रनको योगदान दिएका थिए।
फाफ डुप्लेसीले ५० बलमा ७३* रनको योगदान दिएका थिए भने कप्तान डिविलियर्सले २७ रन बनाएका थिए। वेष्टईण्डिजका केयरन पोलार्डले २ विकेट लिएका थिए।
जवाफमा ब्याटिङ गर्न ओर्लेको वेष्टईन्डिज अफ्रिकन स्पिनर ईमरान ताहिरका सामु टिक्न सकेन र ३८ ओभरमा सबै विकेट गुमाउँदै २०४ रन मात्र बनाउन सकेको थियो। ताहिरले ९ ओभरमा ४५ रन खर्चिंदै ७ विकेट लिएका थिए।
वेष्टईन्डिजकाालगि जोन्सन चार्ल्सले ४९ रन बनाएका थीए भने मार्लोन स्यामुल्सले २४ रनको योगदान दिएका थिए। राम्रो सुरुवात गरेको वेष्टइन्डिज 'प्लेयर अफ म्याच' ताहिरको बलिङ सामु टिक्न सकेनन् र सस्तैमा अल आउट हुन पुगेका थिए।
उक्त जितसँगै अफ्रिका अंक तालिकामा १० अंक सहित पहिलो स्थानमा छ भने अष्ट्रेलियाको ९ र वेष्टईन्डिजको ८ अंक रहेको छ। तीनै टोलीले समान ४ खेल खेलेका छन्। तीन वटै टोलीको २-२ खेल बाँकी रहेको छ। अंक तालिकामा पहिलो र दोस्रो हुने टोलीले फाईनल खेल्नेछन्।
तस्विर साबार: क्रिकईन्फो