- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। एक्साइड ब्याट्री खरिदकर्ताहरुले वारेन्टीको विवरण सिप्रदी एपमा स्टोर गरेर सजिलै वारेन्टीको दावी गर्न सक्ने छन्। एक्साइड ब्याट्रीको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले ग्राहकहरुको सहजतालाई ध्यानमा राखेर पेपरलेस वारेन्टीको सुरुवात गरेको छ। पेपरलेस वारेन्टी मार्फत् एक्साइड ब्याट्रीको वारेन्टी अवधिमा पाउने सुबिधाको लागि अब वारेन्टी कार्ड खोजि राख्नुपर्दैन। अब ग्राहकहरुले एक्साइड ब्याट्री खरिद गर्दा पाउने वारेन्टी सिप्रदी एप डाउनलोड गरि त्यसमा रेजिस्टर गरेर वारेन्टीको दाबी गर्न सकिने कम्पनीले जनाएको छ।
एक्साइड ब्याट्री नेपालका जेनेरल म्यानेजर सुरेश कुमार तिवारीका अनुसार, “एक्साइड ब्याट्रीलाई नेपालको नम्बर १ ब्याट्री बनाउनुमा हाम्रो ग्राहकहरुको ठुलो भुमिका रहेको छ। ग्राहकहरुको हामी प्रतिको उदारता र विश्वासले हामीलाई सधै हाम्रा ग्राहकहरुको हितमा काम गर्ने उर्जा र हौसला प्रदान गर्दछ। त्यही कार्यलाई निरन्तरता दिदै हामीले अहिले पेपरलेस वारेन्टीको सुरुवात गरेका छौँ। धेरै ग्राहकहरुबाट वारेन्टीको दावी गर्दा वारेन्टी कार्ड हराएको वा नभेटिएको गुनासो आइराख्ने भएकोले त्यस झन्झटबाट मुक्त हुन हामीले पेपरलेस वारेन्टीको सुरुवात गरेका छौँ। यसको प्रयोगले हाम्रा ग्राहकको साथै विक्रेताहरुलाई पनि सहज हुनेमा हामीलाई पूर्ण विश्वास छ।”
पेपरलेस वारेन्टीको अन्तर्गत एक्साइड ब्याट्रीको वारेन्टी स्टोर गर्न, ग्राहकहरुले फोनमा सिप्रदी एप डाउनलोड गरेर, एक्साइड ब्याट्री वा वारेन्टी कार्डमा भएको त्तच् कोड स्क्यान गरि रेजिस्टर गर्न सकिने छ। यसको बारेमा थप जानकारीको लागि सिप्रदीको टोल फ्री नम्बर नेपाल टेलिकम भए १६६००१५५७७७ वा एनसेल भए ९८०१५७५७७७ मा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ।