arrow

भारतीय मिडियाको भारतपछि पाकिस्तानमा बढी दर्शक

logo
एजेन्सी,
प्रकाशित २०७७ माघ १ बिहिबार
doordarshan-DD-network.jpg

नयाँ दिल्ली। भारतको सरकारी संचार संस्था प्रसार भारतीले पाकिस्तानमा आफ्नो दोस्रो बढी डिजिटल दर्शकहरु रहेको जनाएको छ। भारतको सूचना तथा प्रसार मन्त्रालयले सन् २०२० मा दुरदर्शन र अल इन्डिया रेडियोका सबैभन्दा बढी दर्शक तथा सोताहरु रहेको बताएको छ। सूचना मन्त्रालयका अनुसार सन् २०२० को अवधिमा पाकिस्तानमा दूरदर्शन (डीडी) र अखिल भारतीय रेडियो (एआईआर) को दोस्रो सर्वाधिक डिजिटल दर्शकहरु रहेका छन्।

सूचना मन्त्रालयका अनुसार चीनमा पनि एक सय प्रतिशत दर्शक तथा स्रोताहरु बढेको पाइएको छ। जुन चीनमा एक अर्व पाठकहरु र २.५ अर्वभन्दा बढी डिजिटल दर्शकहरु रहेको पाइएको हो।

चाखलाग्दो कुरा के छ भने २०२० को अवधिमा पाकिस्तानमा डिडी र एआईआर सामाग्रीका लागि दोस्रो उच्च डिजिटल दर्शकहरु रहेका छन्। यो २०२० को अवधिमा, प्रसार भारतीको मोबाइल एप्लिकेसन ‘न्यूजअनअयर’ ले २.५ लाखभन्दा बढी प्रयोगकर्ताहरू थप गरेको छ। २०० भन्दा बढी स्ट्रिमहरू प्रत्यक्ष प्रसारण सबैभन्दा लोकप्रिय फिचरको रूपमा देखा परेको छ।

“डीडी नेशनल र डीडी न्यूजबाहेक प्रसार भारतीका शीर्ष २० डिजिटल च्यानलहरूका अन्य च्यानलहरू डीडी सह्याद्रीका मराठी समाचार, डीडी चन्दनामा कन्नड प्रोग्रामिङ, डीडी बंगलाबाट बंगला समाचार र डीडी सप्तगिरिमा तेलुगु प्रोग्रामिङ रहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ