arrow

ट्राफिकलाई सय रुपैयाँ दिने चालक पक्राउ

logo
प्रकाशित २०७७ माघ १ बिहिबार
arrest-final.jpeg

काठमाडौं । ट्राफिक प्रहरीलाई प्रलोभनमा पार्ने चालकलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार राति ९ बजे काठमाडौंको सोल्टिमोडस्थित सडकखण्डमा ड्युटीमा खटिएका प्रहरी जवान भरत चन्दले बाटोमा रोकी सामान अनलोड गर्दै गरेको लु २ ख ३३४ नम्बरको ट्रक चालक नवलपरासी बस्ने ३५ वर्षीय निरप्रताप महतोले प्रलोभनमा पार्न खोजेपछि उनलाई पक्राउ गरिएको हो । 

उनलाई सवारी तथा यातायात व्यवस्था ऐन अन्तर्गत कार्वाही गर्न खोज्दा सय रुपैयाँ आर्थिक प्रलोभनमा पार्न खोजेकाले कार्वाही गर्न खोजिएको प्रहरी वृत्त कालिमाटी बुझाएको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ