arrow

अपराधमा कलिलो दम्पती

logo
युबराज रेग्मी,  
प्रकाशित २०७७ माघ १ बिहिबार
139022129_763159957889413_7.jpg

झापा । झापाको मेचीनगरबाट लागुऔषध ब्राउनसुगरसहित श्रीमान श्रीमती पक्राउ परेका छन् । बुधबार दिउँसो २ बजे मेचीनगर नगरपालिका वडा नं १३ चारआली बजारमा जिल्ला प्रहरी कार्यालय झापा,प्रहरी चौकी चारआली र लागु औषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले शंका लागि चेकजाँच गर्ने क्रममा कारोबारी दम्पतीलाई ब्राउनसुगरसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मेचीनगर नगरपालिका वडा नं १ बाहुनडाँगी बस्ने २१ वर्षिय सुजन राजपुत र उनकी श्रीमती १८ वर्षिया पुजा राजपुत  रहेका छन् ।  

उनीहरुको साथबाट १० ग्राम ब्राउनसुगर बरामद गरी ईलाका प्रहरी कार्यालय धुलाबारीमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

झापामा अबैध लागू औषधध खैरो हेरोइन (ब्राउन सुगर) कारोबारी एक साताभित्रै एक दम्पतीसहित १० जना पक्राउ परिसकेका छ्न् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ