arrow

लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने जिम्मेवारी जसपाको काँधमा : उपेन्द्र यादव

logo
निरंजन कुमार साह,
प्रकाशित २०७७ पुष १९ आइतबार
upendra3.JPG

जनकपुरधाम ।  जनता समाजवादी पार्टी नेपालका केन्द्रिय कार्यकारिणी अध्यक्ष उपेन्द्र यादवले विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धीहरुको रक्षा गर्ने जिम्मेवारी जसपाको काँधमा आएको बताएका छन्।  

आइतबार जसपाको युवा संगठन समाजवादी युवा संघले जनकपुरमा आयोजना गरेको दुई दिने युवा प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष यादवले संविधानमा रहेको असन्तुष्टीहरुलाई सम्बोधन गर्न संविधान परिमार्जन गर्नु पर्ने बेला प्रधानमन्त्री केपी शर्मा ओलीले संघीयता र गणतन्त्रलाई नै समाप्त गर्ने चेष्टा गरेको बताए ।

उनले नेकपाको पछिल्लो गतिविधिले मुलुकमा नेकपाको काम नरहेको स्पष्ट भइसकेको र काँग्रेस पनि ढुलमुले भएकोले लामो आन्दोलनबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने जिम्मेवारी जसपाको काँधमा आएको दावी गरे।

 कार्यक्रममा कार्यकारिणी समितिका सदस्य सरतसिह भण्डारीले ओली नेतृत्वको सरकारले चुनाव गराउन नभई सत्तामा टिकी राख्न र थप प्रतिगमनकारी कदमहरु चाल्न संसद विघटन गरेको आरोप लगाए। नेता भण्डारीले न्यायपालिका लाई समेत संसद पुनस्र्थापना नगर्न दिन दहाडै धम्की दिने प्रधानमन्त्री ओलीलाई सडक बाटै परास्त गर्नु पर्ने बताए।

त्यस्तै प्रदेश २का मुख्यमन्त्री एवं जसपाका कार्यकारिणी सदस्य लालबाबु राउतले संघीयता र समावेशितालाई समाप्त गर्न प्रतिगामीकारी शक्तिहरुले योजना तहत संविधानको मर्म विपरित प्रतिनिधि सभा विघटन भएको दावी गरे।

युवा संघका अध्यक्ष योगेन्द्र राय यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा कार्यकारिणी सदस्य एवं प्रदेश २का आर्थिक मामिला मन्त्री विजय कुमार यादव, राज्यमन्त्री उषा यादव, केन्द्रिय सदस्य महाजन यादव, विभा पाण्डे सहितका वक्ताहरुले सम्बोधन गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ